बैजनाथको हिउँदे गाउँसभा : ‘ब्यवसायी दर्ता ऐन’ पारित


बैजनाथको हिउँदे गाउँसभा : ‘ब्यवसायी दर्ता ऐन’ पारित

नेपालगन्ज १५ माघ : बाँकेको बैजनाथ गाउँपालिकाको हिउँदे गाउँसभाले ‘ब्यवसायी दर्ता ऐन–२०७९’ लाई पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको सभाध्यक्षतामा आईतबार बसेको सभाले उक्त ऐनलाई पारित गरेको हो ।

गाउँसभाले यसअघि ‘गाउँ प्रहरी सम्बन्धी ऐन–२०७९’, ‘गाउँ शिक्षा ऐन–२०७९’ र बैजनाथ गाउँपालिका साझेदारीमा कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन गर्न बनेको ऐन–२०७९ सर्बसम्मत रुपले पारित गरिएको थियो ।

गाउँ सभामा उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न वडाका वडासदस्य लगायतको उपस्थिती रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

गाउँसभाको अर्को बैठक यही माघ १७ गते दिउँसो बस्ने तय भएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिएका छन् ।