नेपालगन्ज १५ माघ : बाँकेको बैजनाथ गाउँपालिकाको हिउँदे गाउँसभाले ‘ब्यवसायी दर्ता ऐन–२०७९’ लाई पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको सभाध्यक्षतामा आईतबार बसेको सभाले उक्त ऐनलाई पारित गरेको हो ।
गाउँसभाले यसअघि ‘गाउँ प्रहरी सम्बन्धी ऐन–२०७९’, ‘गाउँ शिक्षा ऐन–२०७९’ र बैजनाथ गाउँपालिका साझेदारीमा कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन गर्न बनेको ऐन–२०७९ सर्बसम्मत रुपले पारित गरिएको थियो ।
गाउँ सभामा उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न वडाका वडासदस्य लगायतको उपस्थिती रहेको थियो ।
गाउँसभाको अर्को बैठक यही माघ १७ गते दिउँसो बस्ने तय भएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिएका छन् ।
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?