बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिको अध्यक्षमा खड्का सर्वसम्मत


बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिको अध्यक्षमा खड्का सर्वसम्मत

नेपालगन्ज १५ माघ : बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिको अध्यक्षमा गेहेन्द्रकुमार खड्का पुनः निर्वाचित भएका छन् । आगामी पाँच वर्षका लागि खड्का पुनः सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तरगत बाँके, दाङ र सल्यानमा पर्ने विभिन्न ९ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति मध्येबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर– १ कुसुम, बाँके निवासी खड्का सर्वसम्मत निर्वाचित भएका थिए । उनी कुसुमस्थित ‘राजकोट’ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त समितिमा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरु सदस्य, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सदस्य सचिव र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका प्रमुख ‘पदेन सदस्य’ हुने ब्यवस्था रहेको छ । निकुञ्ज कार्यालयका अनुसार मध्यवर्ती क्षेत्र उपभोक्ता समिति बाँकेमा ६, दाङमा २ र सल्यानमा एउटा रहेको छ ।

दोस्रो कार्यकालका लागि मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पाएपछि खड्काले बाँके राष्ट्रिय निकुञ्जको विकास, पर्यापर्यटनको प्रवद्र्धन र मध्यवर्ती क्षेत्रका बासिन्दाको हकहितमा काम गर्ने बताएका छन् ।
‘दोस्रो कार्यकालका लागि अध्यक्ष भईसकेपछि मेरो काँधमा थप जिम्मेवारी आएको महसुस भएको छ,’ खड्काले बताए ।