प्रेस सेन्टरको स्थापना दिवसमा शुभकामना आदनप्रदान


प्रेस सेन्टरको स्थापना दिवसमा शुभकामना आदनप्रदान

नेपालगन्ज १५ माघः प्रेस सेन्टर नेपालले आफ्नो १९ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसका अवसरमा प्रेस सेन्टर नेपाल बाँके शाखाले आईतबार नेपालगन्जमा शुभकामना आदान प्रदान कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टरका केन्द्रिय सचिव तथा प्रमुख अतिथि समेत रहेका सिराज खानले गणतन्त्र जोगाउन र ब्यवासायीक मिशन पत्रकारितालाई अगाडी बढाउने आफ्नो संगठनको मुख्य एजेण्डा रहेको बताए ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय नीति तथा परामर्श समिति सदस्य शुसील लामिछाने, केन्द्रिय सदस्य शिव सुनार, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, नेकपा माओवादी केन्द्रका नेपालगन्ज नगरअध्यक्ष रतनबहादुर शाही, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

सोक्रममा उनीहरुले प्रेस स्वतन्त्रता, मर्यादित पत्रकारिता तथा पत्रकार आचारसंहिताको विशेष पालनामा जोड दिएका थिए । उनीहरुले पछिल्लो समय पत्रकारिता क्षेत्रमा बढ्दै गरेको बिकृती तथा पत्रकारमाथि हुने दुव्र्यवहार, आक्रमणका विरुद्ध सशक्तरुपमा अघि बढ्न औल्याएका थिए ।

२०६१ साल माघ १५ गते अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको नाममा रोल्पाबाट शुरुवात भएको क्रान्तिकारी पत्रकारहरुको संगठन अहिले प्रेस सेन्टर नेपालका रुपमा क्रियाशिल रहेको छ ।