नेपालगन्जका पत्रकारद्वय थापा र मिश्रलाई मातृ शोक


नेपालगन्जका पत्रकारद्वय थापा र मिश्रलाई मातृ शोक

नेपालगन्ज १६ माघ : नेपालगन्जका पत्रकार नरेन्द्र थापा र राकेशकुमार मिश्रलाई मातृशोक परेको छ ।

नेपाल प्रेस युनियन बाँकेका पूर्वअध्यक्ष तथा सल्लाहकार समेत रहेका थापाकी ममतामयी आमा सावित्रीदेवी थापाको ८० वर्षको उमेरमा सोमबार बिहान ११ बजेतिर भेरी अस्पतालमा असामयिक निधन भएको हो ।

परिवारका अनुसार उनले केही समयदेखी फोक्सो सम्बन्धि रोगको उपचार गराइरहेकी थिइन् । थापाको सोमबार दिउँसो बाँकेको कम्दीस्थित राप्ती नदीको सिधनियाघाटमा हिन्दू धार्मिक विधिपुर्वक अन्त्येष्टी गरिएको छ ।

यस्तै अवधि पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका युनियनका केन्द्रिय पार्षद मिश्रका ममतामयी आमा राजेश्वरी मिश्रको ७१ वर्षको उमेरमा असामयिक निधन भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–४ निवासी उनको सोमबार बेलुकी साढे ६ बजे घरमा निधन भएको हो ।

परिवारका अनुसार नसा सम्बन्धी समस्याका कारण उनले केही वर्षदेखी उपचार गराउँदै आएकी थिइन् । स्वर्गीय मिश्रको धार्मिक विधिपूर्वक मंगलबार अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

यस दुःखद घडीमा प्रेस युनियन बाँकेले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । युनियन बाँकेका सचिव विजय मल्लले छुट्टा–छुट्टै शोक वक्तब्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गरेका छन् ।

पत्रकार थापा स्थानीय बागेश्वरी टेलिभिजन तथा मिश्र रेडियो कृष्णसारमा कार्यरत छन् ।