सिँचाई आयोजना

ठेकेदार एचडिपीको अटेरी, बैजनाथमा सिँचाई बाँध अलपत्र


ठेकेदार एचडिपीको अटेरी, बैजनाथमा सिँचाई बाँध अलपत्र

नेपालगन्ज १८ माघ :ठेकेदार एचडिपी कन्स्ट्रक्सन एण्ड ट्रान्सपोटेशन प्रालिका कारण बाँकेको बैजनाथमा निर्माणाधिन सिचाँचाई आयोजना अलपत्र परेको पाइएको छ ।

बैजनाथ गाउँपालिका वाड नम्बर–८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन नसकेको हो ।

जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका अनुसार झिङ्गौरा खोलामा मूल बाँध र तटबन्धको एउटा कुलो, तटबन्ध र स–साना कल्भर्ट गरी दुई वटा छुट्टाछुट्टै टेण्डर भई सम्झौता भएको छ । सम्झौता अवधि सकिएको ७ महिना पुग्नै लाग्दा समेत उक्त आयोजनाले पूर्णता पाउन सकेको छैन ।

गत असार २८ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समायवधी रहेकोमा हालसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्ज जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यालयका सव–ईञ्जिनियर सुरज केसीका अनुसार मूल बाँध निर्माणका लागि २०७७ असार १४ गते एक करोड २२ लाख रुपैयाँमा २०७९ असार २८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । भने सोही आयोजना अन्र्तगत कुलो निर्माणका लागि पनि सोही मितिमा सम्पन्न गर्ने गरी सोही दिन एक करोड ४० लाख रुपैयाँमा सम्झौता भएको हो ।

सब इन्जिनियर केसीका अनुसार मूल बाँधको काम करिब ७९ प्रतिशत सम्पन्न भएको भए पनि कुलोको काम भने हाल सम्म २१ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

यता दुवै कामको जिम्मेवारी पाएको एचडिपी कन्स्ट्रक्सन एण्ड ट्रान्सपोटेशन प्रालिले पछिल्लो समय काम अघि बढाउन उदासीनता देखाएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख परशुराम चौधरीले बताएकाछन् ।

उनका अनुसार ठेकेदारलाई काम अघि बढाउन पटक–पटक सम्पर्कको प्रयास गरिएकोछ । कार्यालय प्रमुख चौधरीले अगाडी भने –‘घर समेत पत्ता लगाएर भेट गरेर आयोजनाको काम अगाडी बढाउन आग्रह गरेपनि काम अघि बढ्न सकेको छैन ।

आयोजना उपभोक्ता समितिका अध्यक्ष दुखराम थारुले हालसम्म काम सम्पन्न भई किसानको खेतमा सिँचाई सुविधा पुगेको हुनुपर्नेमा निर्माण कम्पनीले काम नगरिदिँदा किसानलाई नोक्सान भएको बताए ।

यस वर्षको हिँउदमा उक्त आयोजनाबाट किसानले आफ्नो खेतमा सिँचाई गरि हिँउदे बालीको खेती गर्ने आशा राखेपनि ठेकेदार कम्पनीका कारण किसानको चाहाना पुरा हुन नसकेको हो ।