अमरज्योति माविको ३४ औँ वार्षिकोत्सव समपन्न


अमरज्योति माविको ३४ औँ वार्षिकोत्सव समपन्न

नरैनापुर १९ माघः बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नम्बर–७, झगडियामा रहेको श्री अमर ज्योति माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राप्तीसोनारी गाँउपालिकाका अध्यक्षत तप्त पौडेलले हाल विद्यार्थी संख्याको अनुपातमा विद्यालयको भवनमा कक्षा कोठाको अभाव भएकोले ८ कोठे भवन निमाणको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सहित आफुले विभिन्न दातृ संस्थााहरुसँग सहयोगको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले त्यसका लागि गाँउपालिकाले समेत सहयोग गर्ने बचन दिए ।

Kanti Aarogya Hospital Nepalgunj

३४ औं वार्षिकोत्सव समारोहमा शुभकामना मन्तब्य ब्यक्त गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नरैनापुरको सीमानामा रहेको बिद्यालयमा आफ्नो पालिकाका बालबालिका समेत अध्ययन गर्न आउने गरेकोले बिद्यालयलाई अझ उचाईमा पुर्याउन आफू साधै लागि पर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र कुमार पाण्डेको अध्यक्षतामा भएको ३४ औं वार्षिकोत्सव समारोहमा विद्यालयकी शिक्षिका सावित्रि तिमिल्सेनाले स्वागत मन्तव्य ब्यक्त गरेकी थिइन् । समारोहको सञ्चालन शिक्षक अरुण कुमार यादव र अमित चौधरीले गरेका थिए ।