संघीयताको मर्म अनुसार काम गर्छौं : मुख्यमन्त्री गिरी


संघीयताको मर्म अनुसार काम गर्छौं : मुख्यमन्त्री गिरी

दाङ २१ माघ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्नेछ ।’

संघीयताको गलत व्याख्या र प्रचार भइरहेको भन्दै मुख्यमन्त्री गिरीले संघीयताको विकल्प खोज्नु परिवर्तन बिरोधीकार्य भएको बताए । ‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलतप्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्री गिरीले भने, ‘संघीयता बिरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हीत बिपरितको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’

संघीयताले जनतालाई अधिकार सम्पन्नबनाएको भन्दै मुख्यमन्त्रीगिरीले गाउँगाउँसम्मर घरघरसम्मविकास र समृद्धि पु¥याएको बताए । ‘संविधानले तीनतहका सरकारको व्यवस्था गरेको छ । तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्नबनाउने काम गरेका छन्’, मुख्यमन्त्रीगिरीले भने, ‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवाल भनेकै जनताका घर–घरसम्म संघीयताले सुविधा पु¥याएको छ । जनतालाई अधिकार सम्पन्न बनाएको छ ।’

लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको भन्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षभित्र प्रदेशबासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावना भएको बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘हामीसँग धेरै सम्भावनाहरु छन् । चुनौति पनि त्यत्तिकै छन् । चुनौतिका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ ।’

समृद्ध लुम्बिनीको दायित्व प्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै मुख्यमन्त्री गिरीले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पुरा गर्नतर्फ लाग्नुपर्ने बताए ।

पूर्वाधार र कानुनको अभावमा कार्य सञ्चालन थालेको प्रदेश सरकारले पाँच वर्षमा ७२ वटा कानून निर्माण गरेको बताए । ‘बितेका पाँच वर्ष संविधान कार्यान्वयनका लागि उपयुक्त रहे । भौतिक पूर्वाधार र कानूनको अभावमा प्रदेश सभाले ७२ वटा कानून निर्माण गरेको छ । ८४ वटा विधेयक बनेका छन्’, मुख्यमन्त्री गिरीले भने, ‘आगामी दिनमा पनि यो गतिलाई निरन्तर रुपमा अगाडि बढाउनुपर्दछ ।’