रास्वपा सरकारबाट बाहिरियो, समर्थन भने यथावत


रास्वपा सरकारबाट बाहिरियो, समर्थन भने यथावत

File Photo

नेपालगन्ज २२ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आईतबार बसेको पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृह मन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो ।

बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ । रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाएकाछन् ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरे । सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे । उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश समेत पोखेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसको विरोध गरे । विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको रविको गुनासो छ ।

उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै मन्त्री पद जाँदा अलिअलि झोँक पनि चलेको स्वीकार गरे । ‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो नि रिस उठिहाल्छ नि ! उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’

उनले आफ्नो फेसबुकको बायो समेत मान्छे भन्ने राखेको उल्लेख गर्दै त्यतिसम्म त देलान् नि भनेर सो निर्णय लिएको उनले बताए । उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।

रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम हुने भएको छ ।