लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : एमालेका कुमार दसौंदी निर्वाचित


लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : एमालेका कुमार दसौंदी निर्वाचित

नेपालगन्ज २५ माघ : लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा उनले नेपाली काँग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।

दसौंदीले ४ हजार २६ मतभार पाए भने काँग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । सत्तारुढ दलबाट नेकपा एमालेका कुमार दसौंदी, नेपाली काँग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार थिए ।

राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटको लागि उपनिर्वाचन भएको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेशभर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

थप समाचार

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी