कोहलपुर नगरपालिकालाई ७ प्रश्न


कोहलपुर नगरपालिकालाई ७ प्रश्न

नेपालगन्ज २७ माघ : बाँकेको कोहलपुरका स्थानीयबासी समेत रहेका पत्रकार चेतकान्त भट्टराईले कोहलपुर नगरपालिकाप्रति प्रश्न तेस्राएका छन् । सार्वजनिक चासोको विषयमा आवाज उठाउँदै चेतकान्तले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा कोहलपुर नगरपालिकाको कार्यशैली, गुणस्तरता, सेवा र जवाफदेहिताप्रति प्रश्न गरेका हुन् ।

उनले उठाएको ७ प्रश्नले कोहलपुर नगरपालिकाको पछिल्लो घटनाक्रम, सेवाप्रवाह, व्यवस्थापन, सामाजिक जवाफदेहीता र गुणस्तरताप्रति खबरदारी गरेका हुन् ।

कोहलपुर नगरपालिकालाई चेतकान्तले सोधेको प्रश्न यस्तो छ :

कोहलपुर नगरपालिकाको लागि मेरो प्रश्न ?

Kids Festival 2022
kanti aarogya hospital

१. पसलमा नगर प्रहरी पठाएर पसल नगरमा दर्ता गर्नु पर्याे भन्ने नगर आयोजक भएर खेलाउने खेलमा पुरस्कार रुपैडियाबाट ल्याउने, समान किन्दा टेण्डर खोल्ने तर, काठमाडौ व्यवसायीलाई जिम्मा दिने अब भन्नू कोहलपुर नगरपालिकामा व्यवसायी किन दर्ता गर्ने ?
२. सडकमा अटो रिक्सा र निजी गाडी दिनभरि बाटोमा राख्न पाउने तर, बाटोको साईडमा फलफुल बेच्न ठेला लगाउनेहरुलाई प्रहरीले लखेट्ने यो कस्तो न्याय हो ?
३. मेला लगाउँदा बाटो बन्द गर्न सिफारिस दिने कस्तो नियम हो ?
४ प्रदेश र केन्द्रबाट आएको बजेट नगरमा काम हुँदा त्यहा गुणस्तरीय काम नहुँदा त्यसको जवाफ कस्ले दिने हो ?
५. कोहलपुर नगरपालिकामा बिगत ५ वर्षमा विभिन्न नियुक्तिमा मनोनित गर्दा बेरुजु निकालेको थियो महालेखाको प्रतिवेदनमा तर, पुनः अहिले त्यहि पदमा पुनः किन नियुक्ति अब बेरुजु नआउने भयो र ?
६. ३० दिनको सूचना निकालेर नगरबिकास समितिको अतिक्रमित जमिन खालि गर्ने भनेको ३ महिना हुँदासम्म किन त्यतातिर ध्यान जान सकेन । किन कोहलपुर बसपार्क मात्र डोजर चल्यो ?
७. उपमेयर कपमा किन ८ बिद्यालयको मात्र सहभागिता भयो ?

सार्वजनिक चासोको विषयमा स्थानीयबासी समेत रहेका पत्रकार चेतकान्तले कोहलपुर नगरपालिकाप्रति हिजो बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत फोटोसहित ७ वटा प्रश्न तेस्राएपछि नगरपालिकाप्रति थुप्रैले असन्तुष्टि र खबरदारी गरेकाछन् ।

यता चेतकान्तले उठाएका गम्भीर ७ प्रश्नका विषयमा बुझ्न कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसँग सम्पर्क गर्दा उनीसंग सम्पर्क हुन सकेन् । कोहलपुरका मेयर आचार्य सेतोखरीको सम्पर्कमा आए यी विषयमा नगरपालिकाको जवाफ सार्वजनिक गर्नेछौं ।