किन र कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ?


किन र कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ?

File Photo

नेपालगन्ज २ फागुन : प्रणय अर्थात प्रेम भन्ने शब्दले नै युवायुवतीमा एक किसिमको कौतुलहता ल्याउँछ । शरीरमा सम्वेदना प्रकट हुन्छ र एक अर्काप्रति आकर्षण पैदा गर्दछ । उनीहरू एक अर्कासँग हेलमेल गर्न चाहन्छन् र नजिक हुने प्रयत्न गर्दछन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, टिकटकहरुमा उस्तै भ्यालेन्टाइ डे को उमङ्ग छाएकोछ । यस वर्षको प्रणय दिवस फागुन २ गते आज मनाइदैँछ । हरेक वर्ष फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे मनाइन्छ ।

दिवसका अवसरमा प्रेम गरेकाहरू आफ्ना प्रेमलाई अरु दरिलो र मजबुत पार्ने प्रयास गर्दछन् र उनीहरूमध्ये कतिपयले प्रेम विवाह गर्ने फैसला पनि गर्दछन् । ती सबैका लागि भ्यालेन्टाइन डे उपुक्त समय ठान्दछन् । तर, हाम्रो समाजको अर्को पक्षले भ्यालेन्टाइन डेलाई पश्चिमी संस्कृति भनेर युवायुवतीलाई सकेसम्म त्यसबाट प्रभावित नहुन आग्रह गर्ने गरेको छ । तर, यो संस्कृति यति जोडबलका साथ आएको छ कि अब यसलाई रोक्नु त्यति सजिलो छैन ।

युवायुवतीले यसलाई एक महत्वपूर्ण पर्वका रूपमा लिइसकेका छन् । भ्यालेन्टाईन डे मनाउने पश्चिमा संस्कृति भए पनि नेपालमा यसप्रतिको आकर्षण केही वर्ष यता ह्वात्तै बढ्दै गएको छ । युवा युवतीले यस अवसरमा विभिन्न प्रतियोगितासमेत गर्छन् । अझ रोचक कुरा त भ्यालेनटाइन डे कसरी मनाउन थालियो भन्ने कुरा स्वयम भ्यालेनटाईन डेका लागि मरिहत्ते गर्ने किशोरकिशोरी, युवाहरुलाई थहा नै छैन ।

Kids Festival 2022
kanti aarogya hospital

आधुनिकता र २१ औं शताब्दीको पुस्ताको हौवा दिनेहरु त्यो कुरा थाहा पाउन त्यति उत्सुकता पनि जनाउँदैनन् । उनीहरूले यो दिवसलाई फेशनका रूपमा लिने गरेका छन् । फेशनमा बहकिएर प्रेम प्रकट गर्ने अवसरका रूपमा लिने गरेका छन् । त्यसैले जानेर, नजानेर भरखरका किशोरकिशोरी पनि गिफ्ट दिन र लिन उत्सुक हुन्छन् । र, पछि कस्मेटिक प्रेमको प्रभावमा पछुताउने गरेकाछन् ।

यस दिन युवायुवती एक अर्कासँग नजिक हुन र हेलमेल गर्न एकले अर्काका लागि उपहार दिने गर्दछन् । सँगै बसेर खान निम्त्याउँछन् र त्यो कोमल हृदयभित्रको भावना साटासाट गर्दछन् । ती सबै काम गर्नका लागि उनीहरू यो समाजमा अलि उकुसमुकुसको अनुभव गर्दछन् र खुल्ला र अनुकूल स्थानमा जान र बस्न मन पराउँछन् ।

कतिपय युवायुवती भावनामा वहेर तथा आजको दिनमा प्रेम प्रस्ताव राख्नु राम्रो हो भनेर प्रेम प्रस्ताव राख्ने गरेको पनि सुनिन्छ ।

कसरी मनाउन थालियो भ्यालेन्टाइन डे

यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर, भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे ।

उनको बुझाइ थियो–अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । पाश्चात्य संस्कृतिको प्रभाव पछिल्लो समय नेपाल ब्यापकरुपमा फैलिएकोछ । यसदिन विश्वभरि नै उत्सवको रूपमा मनाउने गरिन्छ ।