यात्रुको सामान छिटो र छरितो तरिकाले हस्तान्तरण गर्न नेपालगन्ज विमानस्थलमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’


यात्रुको सामान छिटो र छरितो तरिकाले हस्तान्तरण गर्न नेपालगन्ज विमानस्थलमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’

तस्विर सन्तोष रेग्मीको फेसबुकबाट ।

नेपालगन्ज २ फागुन : नेपालगन्ज विमानस्थलमा यात्रुको सहजतालाई ध्यान दिदैँ पहिलोपटक अत्याधुनिक ‘कन्भेयर बेल्ट’ सञ्चालनमा आएकोछ । यात्रुको सामानलाई छिटो र छरितो तरिकाले हस्तान्तरण गराउन उक्त प्रणाली सञ्चालनमा आएकोछ ।

विमानस्थलको आगमन कक्षमा गत शुक्रबारदेखि अत्याधुनिक ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा आएको हो । ‘ब्यागेज ह्याण्डलिङ सिस्टम’ अन्तर्गत उक्त अत्याधुनिक कन्भेयर बेल्ट सञ्चालनमा ल्याइएको हो ।

नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार यात्रुहरुको सहजताका लागि उक्त बेल्ट सञ्चालनमा ल्याइएको छ । अब विभिन्न ठाउँबाट नेपालगन्ज झर्ने यात्रुको सामानलाई छिटो र छरितो तरिकाले हस्तान्तरण गराउन मिल्ने उनले सुनाए । उक्त बेल्ट दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा जडान गरिएको छ ।

कन्भेयर बेल्ट नुहँदा उक्त कक्षमा यात्रुको सामानलाई कर्मचारीले हातले वितरण गर्दा समय धेरै लाग्ने र झन्झटिलोसमेत रहेको अवस्था थियो । बेल्टले अब यात्रु र एयरलाइन्स दुवैलाई सामान लिन दिन सहज हुने प्रमुख खनालले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टको लम्बाइ ४० दशमलव ६ मिटर र लगेज ह्याण्डलिङ क्षमता प्रतिघण्टा दुई हजार चार सय देखि तीन हजारसम्म रहेको छ ।

यस्तो सुविधा नेपालगन्ज विमानस्थलसहित विराटनगर र धनगढीमा पनि सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।