आज लुम्बिनी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक विदा

स्थापना दिवसमा विभिन्न व्यक्तित्वलाई सम्मान तथा विभूषण प्रदान गरिदैँ


आज लुम्बिनी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक विदा

नेपालगन्ज ३ फागुन : लुम्बिनी प्रदेश सरकारले बुधबार (आज) स्थापना दिवस मनाउँदैछ ।

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् ।

स्थापना दिवसमा विभिन्न व्यक्तित्वलाई सम्मान तथा विभूषण प्रदान गरिदैँछ ।

Kids Festival 2022
kanti aarogya hospital

दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको कार्य अपेक्षित रुपमा अझैँ जनउत्तरदायी र विस्वश्नीय बनाउनु पर्ने जरुरी रहेको बताए ।