गुलरिया(बर्दिया) ६ फागुन : महाशिवरात्रिको पर्वमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र गुलरिया बर्दियाले शान्ति ¥याली तथा सांस्कृतिक एंव प्रवचन समारोह कार्यक्रम सम्पन्न गरेको छ ।
‘८७ औं महाशिवरात्रीको पर्व’को उपलक्ष्यमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र गुलरिया बर्दियाले महाशिवरात्रीको पर्वमा दया र करुणाका लागी आध्यात्मिक सशक्तिकरण भन्ने मुल नाराका साथ विविध कार्यक्रमको आयोजना गरि मनाइएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र गुलरियाका ब्रह्माकुमारी गीताले बताए ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिधि,कर्मचारी तथा समाजसेवी पत्रकार लगायतको सहभागीता रहेको थियो ।
गुलरिया–५ मा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्रबाट भएको झाँकीसहितको ¥यालीले गुलरिया बजार परिक्रमा समेत गरेको थियो ।
गुलरिया नगरपालिका वडा नम्बर–८ का सचिव विश्व प्रकाश अधिकारी, वडा नम्बर–६ का सचिव केशवराज खनाल, कृष्णसार यातायात प्रालिका अध्यक्ष शम्भु रिजाल, वारका पुर्व अध्यक्ष देविदत्त देवकोटा लगायतकाले शिवको महिमा र शिवरात्री पर्वको विषयमा आ–आफना भनाई राखेका थिए ।
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती