शिवरात्रिका अवसरमा गुलरियामा विविध कार्यक्रम


शिवरात्रिका अवसरमा गुलरियामा विविध कार्यक्रम

गुलरिया(बर्दिया) ६ फागुन :  महाशिवरात्रिको पर्वमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र गुलरिया बर्दियाले शान्ति ¥याली तथा सांस्कृतिक एंव प्रवचन समारोह कार्यक्रम सम्पन्न गरेको छ ।

‘८७ औं महाशिवरात्रीको पर्व’को उपलक्ष्यमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र गुलरिया बर्दियाले महाशिवरात्रीको पर्वमा दया र करुणाका लागी आध्यात्मिक सशक्तिकरण भन्ने मुल नाराका साथ विविध कार्यक्रमको आयोजना गरि मनाइएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र गुलरियाका ब्रह्माकुमारी गीताले बताए ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिधि,कर्मचारी तथा समाजसेवी पत्रकार लगायतको सहभागीता रहेको थियो ।

गुलरिया–५ मा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एंव राजयोग प्रशिक्षण केन्द्रबाट भएको झाँकीसहितको ¥यालीले गुलरिया बजार परिक्रमा समेत गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

गुलरिया नगरपालिका वडा नम्बर–८ का सचिव विश्व प्रकाश अधिकारी, वडा नम्बर–६ का सचिव केशवराज खनाल, कृष्णसार यातायात प्रालिका अध्यक्ष शम्भु रिजाल, वारका पुर्व अध्यक्ष देविदत्त देवकोटा लगायतकाले शिवको महिमा र शिवरात्री पर्वको विषयमा आ–आफना भनाई राखेका थिए ।