नेपालगन्ज ७ फागुन : नेपाली काँग्रेस बाँकेले ७३औं प्रजातन्त्र दिवसको अवसरमा नेपालगन्जमा दीप प्रज्वलन गरेको छ । विपी चोकमा आईतबार साँझ आयोजित दीप प्रज्वलन कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात–अज्ञात सहीदहरुको सम्झना गर्दै दीप प्रज्वलन गरेका हुन् ।
पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्व तथा पूर्व मन्त्री एवम् पूर्व पार्टी सभापति गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै पूर्वमन्त्री हमालले काँग्रेसकै नेतृत्वमा प्राप्त प्रजातन्त्रले मुलुकमा नागरिक अधिकार र उन्नत लोकतन्त्रको अभ्यास सम्भव भएको बताए । उनले संस्थापक नेता विपी कोइरालाको नेतृत्वमा भएको २००७ सालको आन्दोलनले मुलुकमा प्रजातन्त्रको उदय भएको स्मरण गराउँदै आजको दिनमा पार्टीलाई सुदृढ र सबल बनाउन सबै नेता कार्यकर्ताले प्रण गर्नुपर्ने बताए । हमालले प्रजातन्त्र दिवसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रेरणा दिने विश्वास व्यक्त गरे ।
पाली काँग्रेस बाँकेका सभापति गौडेलले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्र आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए ।
नेपाली काँग्रेसले प्रजातन्त्र र लोकतन्त्र स्थापना वा पुनःस्थापना गर्न गरेको संघर्षको जगमा अहिलेको शासन व्यवस्था सम्भव भएको बताउँदै उनले सहिदहरुको सम्झना र उनीहरुले देखाएको बाटोबाट दिग्भ्रमित हुन नहुने बताए ।
गौडेलले सहिदहरुलाई सम्झँदै भने–‘प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादीले काँग्रेसको नेतृत्वमा आएको प्रजातन्त्रको जगमा अहिलेका परिवर्तनहरु सम्भव भएको भन्दै ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा निवर्तमान पार्टी सभापति किरण कोइराला, क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायत अन्य नेता कार्यकर्ता उपस्थित थिए ।
नेपाली काँग्रेस बाँकेले वडास्तरसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन निर्देशन दिएको थियो । त्यस अनुसार सबैतिर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको सचिव कोइरालाले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी