कोहलपुर ८ फागुन : कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ चौथोदिन दिन ८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।
‘कृषि, पर्यटन, शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महोत्सवको चौथो दिन कूल ८ हजारले अवलोकन गरेको आर्थिक उपसमितिकी संयोजक सिता कार्कीले बताइन् ।
उनका अनुसार चौथो दिन कूल ६ हजार टिकट बिक्रि भएको छ । दोस्रो दिन भने पाँच हजार टिकट बिक्रि भएको थियो । तेस्रो दिन ९ हजार टिकट बिक्रि भएको थियो । यस्तो तेस्रो दिन महोत्सवको कारोबारसमेत समेत बढेकोमा चौथो दिन भने ओरालो लागेको छ ।
महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मणराज पौडेलकाका अनुसार चौथो दिन महोत्सवमा कूल ३५ लाख कारोबार भएको छ । तेस्रो दिन ५५ लाख र दोस्रो दिन ३० लाख कारोबार भएको थियो । ‘महोत्सव उत्साहजक रुपमा भइरहेको छ । दर्शकहरुको संख्यापनि बढिरहेको छ ।
अन्य निर्माणका कामपनि सकिएका छन् । अपेक्षाकृत रुपमा महोत्सव सञ्चालन भइरहेको छ ।’ उनले भने । उनले केही अपुग रहेका संरचनासमेत निर्माण सम्पन्न भएकोले चौथो दिनबाट अझै बढि दर्शकको उपस्थिति रहने र कारोबारसमेत बढ्ने अपेक्षा रहेको बताए । कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा चौथो दिनबाट विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितासमेत सुरु भएको छ । प्रतियोगितामा २० विद्यालय सहभागी छन् । प्रतियोगिताको पहिलो दिन चार विद्यालयले प्रस्तुती दिएका थिए ।
यस्तै महोत्सको चौथो दिन गायिका ज्योति मगर, गायक पशुपति शर्मा, सुबोध गौतम (अदुमे), डान्सर रुबिना अधिकारीले धमकेदार प्रस्तुती दिए ।
महोत्सवमा अहिलेसम्म हालसम्म एक करोड २० लाख कारोबार भएको छ । भने २४ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।
थप समाचार
कोहलपुर प्रादेशिक महोत्सव : तेस्रो दिन ९ हजारले गरे अवलोकन,५५ लाख कारोबार
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी