धार्मिक पर्यटनको हब बनाउन खजुरामा महायज्ञ


धार्मिक पर्यटनको हब बनाउन खजुरामा महायज्ञ

खजुरा ८ फागुन : बाँकेको खजुरामा आगामी फागुन २४ गतेबाट हुने सप्ताहब्यापी महायज्ञको तयारीलाई तिब्र पारिएको छ ।

खजुरामा रहेको साक्षात लक्ष्मीनाराण मन्दिरको महिमाको प्रचार गर्ने र खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको हब बनाउने उद्देश्यका साथ आयोजना हुने महायज्ञमा प्रख्यात कथावाचक बालकृष्ण अर्यालले भागवत कथा प्रवचन गर्ने भएका छन् ।

वाचक अर्याल सहित उनको संगितमय भजन टोलीबाट सातै दिन अखण्ड भजन किर्तन हुने महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । महायज्ञ सञ्चालन गर्नका लागि १२ बढी उपसमितिहरु बनेका छन् भने प्रचार सामाग्रीहरु पनि धमाधम तयार भइरहेको उनले बताए ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता दीनदयालजी महाराजको संयोजकत्वमा महायज्ञ गरिने मुल समितिका सचिव सुरेश खत्रीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

खजुरा क्षेत्रमा रहेका ऐतिहासिक मैटहवा मन्दिर देखि रजनाहाको नारायणीताल, सन्तकुटी, कालिका, नवदुर्गा र मनकामनापुरको शिवालय मन्दिर समेतका धार्मिक स्थलहरुलाई एकीकृत धामकारुपमा विकास गर्ने र खजुरामा प्रसिद्ध लक्ष्मीनारायण मन्दिर परिषरमा महालक्ष्मीको विशाल मुर्ति स्थापना गर्ने महायज्ञको मुख्य उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

खजुराको लक्ष्मीनारायण मन्दिरमा संकल्प गरिएका हरेक कुराहरु सफल हुँदै आएको धार्मिक विश्वास छ । सोही मन्दिरमा संकल्प गरिएको ज्ञानोदय उच्च मावी, क्यान्सर अस्पताल, खजुरा खानेपानी, जनजागरण समाज जस्ता संस्थाहरु सफलताका साथ सञ्चालनमा रहेको महायज्ञ पुजा व्यवस्थापन समितिका संयोजक शिवप्रसाद सुबेदीले बताए ।

दुनाटपरी देखि दियोका सामाग्रीहरु तयार गर्न महिलाहरु घरघरबाट स्वस्फुर्त उपस्थित हुन थालेको मन्दिर व्यवस्थापन समिति सदस्य राधा ढकालले बताइन् ।

महायज्ञ सञ्चालन गर्नका लागि २५१ सदस्सीय मुल सम्पादन समिति गठन गरिएको छ ।

थप समाचार

धार्मिक पर्यटकीयका लागि सप्ताहव्यापी महायज्ञ