पत्रकार खत्रीलाई मातृशोक


पत्रकार खत्रीलाई मातृशोक

नेपालगन्ज ११ फागुन : बाँकेका पत्रकार खड्क खत्रीलाई मातृशोक परेको छ ।

नेपाल प्रेस युनियन बाँकेका सदस्यसमेत रहेका खड्काकी ममतामयी आमा कौशिला खत्रीको ७४ वर्षको उमेरमा बुधबार बेलुका सवा ८ बजेतिर भेरी अस्पतालमा असामयिक निधन भएको हो ।

परिवारका अनुसार उनी केही समयदेखी दम सम्बन्धि रोगको उपचार गराइरहेकी थिइन् । खत्रीको बिहीबार दिउँसो बाँकेको अगैयास्थित घाटमा हिन्दू धार्मिक विधिपुर्वक अन्त्येष्टी गरिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ सम्शेरगञ्ज निवासी मृतक खत्रीका ४ छोरा ४ छोरी छन् । पत्रकार खड्का हाइवे पोष्ट पत्रिकाका प्रकाशक हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस दुःखद घडीमा प्रेस युनियन बाँकेले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । युनियन बाँकेका सचिव विजय मल्लले एक शोक वक्तब्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गरेका छन् ।