पुष १० को गठबन्धन भत्कियो, नयाँ राजनीतिक यात्रा सुरु

राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्ने ८ दलको निर्णय


पुष १० को गठबन्धन भत्कियो, नयाँ राजनीतिक यात्रा सुरु

File Photo

नेपालगन्ज १२ फागुन : बालुवाटारमा बसेको ८ दलका शीर्ष नेताहरुको बैठकले गत पुष १० गते सरकार गठनका लागि बनेको सत्ता गठबन्धन भत्काएको छ । राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो । योसंगै गत मंसिरमा सम्पन्न चुनावअघिको पाँच दलीय गठबन्धनसंग तीन वटा पार्टी जोडिएकोछ ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली काँग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् र, राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

पुरानो गठबन्धन दलहरुबीच एकै ठाउँमा उभिने सहमति भइसकेपछि पावर शेयरिङको विषयमा शुक्रबार बेलुका बसेको बैठकले उक्त विषय टुंग्याएको हो ।

शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो नयाँ राजनीतिक यात्रा सुरुवात हुने उनको तर्क थियो ।

Kids Festival 2022
kanti aarogya hospital

प्रधानमन्त्री प्रचण्डले अब नयाँ गठबन्धन बनेको र सरकार गठनका बेला बनेको गठबन्धन टुटेको ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

काँग्रेसले राष्ट्रपति उमेदवार चयन गर्नका लागि शुक्रबार बिहान साढे ८ बजे कार्य सम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले दाबी गरेका छन् ।

राष्ट्रपतिमा काँग्रेस र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि दाबी थियो । नेपालसँग प्रधानमन्त्री प्रचण्डले गरेको गोप्य छलफलपछि काँग्रेसलाई दिन तयार भएका हुन् ।