वडा नम्बर १० मा जेष्ठ नागरिकलाई सम्मान


वडा नम्बर १० मा जेष्ठ नागरिकलाई सम्मान

नेपालगन्ज १४ फागुन : नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० मा जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१० वडा समितिको कार्यालयको आयोजना तथा जेष्ठ नागरिक क्लब वडा नम्बर– १० को संयोजनमा वडा नम्बर–१० का २५ जनालाई ब्ल्यांककेट, च्यावनप्रास, अंगोछा र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

जेष्ठ नागरिकको समाजप्रतिको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप उपहारसहित सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै नेपालगन्ज उप–महानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो सभ्यता र दायित्व भएको भएको बताए । नगरप्रमुख विष्टले अग्रजको अनुभवलाई विकासमा पनि सदुपयोग गर्न आग्रह गरे ।

Kanti Aarogya Hospital Nepalgunj

वडाअध्यक्ष श्रवणकुमार श्रेष्ठले जेष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिदैँ आगामी दिनमा पनि थप कार्यक्रम र बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

जेष्ठ नागरिक क्लवका अध्यक्ष केदारप्रसाद आचार्यको सभाअध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिकका तर्फबाट गजेन्द्रमान पथिक लगायतले आफ्ना अनुभव सुनाउँदै जेष्ठ नागरिकको अधिकार सुनिश्चितताको माग गरेका थिए ।
जेष्ठ नागरिक क्लबका सचिव गंगा क्षेत्री श्रोष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव शान्ति केसीले गरेकी थिइन् ।