युनियनको सांगठनिक अवस्थाबारे बृहत छलफल


युनियनको सांगठनिक अवस्थाबारे बृहत छलफल

नेपालगन्ज १४ फागुन : नेपाल प्रेस युनियनको संगठन विस्तार र सुदृढिकरण अभियान अन्तरगत बाँकेमा आईतबार युनियनको सांगठनिक अवस्थाबारे बृहत छलफल गरिएको छ । युनियन लुम्बिनी प्रदेशका पदाधिकारी एवम् प्रतिनिधीसँग प्रेस युनियन बाँकेको कार्यालयमा छलफल गरिएको हो ।

युनियनका जिल्ला अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा युनियनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्य, जिल्ला र केन्द्रका पुर्व पदाधिकारी लगायतबीच छलफल भएको हो ।

सो क्रममा बोल्दै युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले केन्द्रले संगठन विस्तार र सुदृढिकरण अभियान सञ्चालन गरेको र यसको सफल कार्यान्वयनका लागि देशभर विभिन्न गतिविधि सञ्चालन भइरहेको बताए ।

यस्तै युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष पहलमान घर्ती, महासचिव नविन गिरी र सदस्य गौरव गिरीले प्रदेशमा युनियनको सांगठनिक अवस्था बलियो र चुस्तदुरुस्त बनाउन १२ वटै जिल्लामा छलफल थालिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

छलफलका क्रममा युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बाँकेमा युनियनको सांगठनिक अवस्थाबारे जानकारी गराउँदै विगतदेखी वर्तमानसम्म आफ्नो नेतृत्वमा भएका काम र चुनौतीका बारेमा अवगत गराएका थिए ।

युनियन बाँकेका सचिव विजय मल्लले सञ्चालन गरेको सो छलफलमा युनियन पूर्वकेन्द्रिय सदस्य उमा थापामगर, पूर्व जिल्ला अध्यक्षद्वय मेघराज ओली र नरेन्द्र थापा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, युनियन बाँकेका सल्लाहकार चेतकान्त भट्टराई, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, वरिष्ठ पत्रकार विजय वर्मा लगायतले आ–आफ्ना राय तथा सुझाव दिएका थिए ।

सोही अवसरमा युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घर्ती, महासचिव नविन गिरी र सदस्य गौरव गिरीलाई जिल्ला अध्यक्ष अर्जुन ओलीले खादा ओढाएर स्वागत तथा सम्मान ब्यक्त गरेको युनियन बाँकेका सचिव विजय मल्लद्वारा जारी प्रेस नोटमा उल्लेखछ ।

उक्त छलफल कार्यक्रममा युनियन बाँकेका उपाध्यक्ष समीरमान श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।