कार्यसम्पादनमा प्रश्न उठाउँदै सञ्चारमन्त्रीले मागिन् एनटीभि र गोरखापत्रका अध्यक्षको राजीनामा


कार्यसम्पादनमा प्रश्न उठाउँदै सञ्चारमन्त्रीले मागिन् एनटीभि र गोरखापत्रका अध्यक्षको राजीनामा

नेपालगन्ज १५ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष समीरजंग शाह र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गरेकीछन् ।

तीन दिनअघि सञ्चार सचिव वैकुण्ठ मानन्धरमार्फत मन्त्रालयमै बोलाएर राजीनामा मागिएको हो । तीनदेखि राजीनामा माग्दासमेत नआएपछि मन्त्री शर्माले आज मन्त्रालयमै बोलाएकी थिइन् । आज मन्त्री बोलाएपछि मन्त्रालयमै गएर कुराकानी भएको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष शाहले बताए ।

उनीहरूले सत्ता समीकरण फेरिएर एमाले बाहिरिएपछि काँग्रेस सरकारमा आउन लागेको भन्दै आफूहरूले राजीनामा नदिएको मन्त्री शर्मालाई बताएका छन् । काँग्रेस पनि सरकारमा आइसकेपछि निर्णयमाथि पुर्नविचार गर्न उनीहरूले सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

दुवै अध्यक्षलाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ज्ञानेन्द्रबहादुर कार्की सञ्चारमन्त्री भएको बेलामा चार वर्षलाई नियुक्त गरेको थियो । नयाँ सरकार बनेपछि मन्त्री शर्माले कार्यसम्पादनमा प्रश्न उठाउँदै हटाउन लागेकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

दुवै अध्यक्षले काँग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूलाई भेटेर राजीनामा नदिने बताइसकेका छन् । यस्तै, नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगललाई पनि भेटेर उनीहरूले आफूहरूले राजीनामा नदिने बताइसकेका छन् ।