‘नेकपा एकता हुने सम्भावना खोजेका थियौँ । पहल पनि भयो, तर सम्भावना देखिएन’ : अध्यक्ष नेपाल


‘नेकपा एकता हुने सम्भावना खोजेका थियौँ । पहल पनि भयो, तर सम्भावना देखिएन’ : अध्यक्ष नेपाल

नेपालगन्ज १५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता हुनसक्ने बताएकाछन् । कर्णाली प्रदेशस्तरीय पार्टीको आन्तरिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्न पुगेका अध्यक्ष नेपालसँग विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

अझै पनि विचार, सिद्धान्त र कार्यशैली मिलेपछि पार्टी एकता गर्ने कुराको सङ्केत उनले गरे । तर, कसैसँग विलय हुने कुरामा छलफल नहुने उनले प्रष्ट पारे । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वार्ता संवादको प्रयास गरे पनि एकीकृत हुने सम्भावना नभेटिएको उनको भनाइ छ ।

‘नेकपा एकता हुने सम्भावना खोजेका थियौँ । पहल पनि भयो, तर सम्भावना देखिएन ।’ उनले भने, ‘लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र राष्ट्रियताको पक्षमा उभिएका दलहरुबीच अहिले गठबन्धन भएको छ ।’

देशको राष्ट्रियताको रक्षा र हितको मामिलामा समाजवादी पार्टी एकता गर्ने बताए । देशमा भएको भ्रष्टाचार विरुद्धमा र सुशासन, सम्वृद्धिका पक्षमा राजनीतिक परिस्थिति निर्माण गर्ने कुरामा केन्द्रित हुनेपर्ने उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
Care City Hospital Nepalgunj

गठबन्धनबाट राष्ट्रपति पदका लागि नेपाली काँग्रेसका रामचन्द्र पौडेललाई अगाडि सारिएको जानकारी दिँदै उनले उम्मेदवारका विषयमा चर्चा परिचर्चा अगाडि बढे पनि अन्तिम दिनमा सहमति जुटेको बताए । राष्ट्रपतिको मनोनयन दर्तापछि राजनीतिक कोर्षले नयाँ मोड लिएको भन्दै अब यसमा कुनै विवाद नभएको जिकिर गरे ।