मालपोतको सेवाप्रति प्रश्न : ‘बहाना बनाएर घुस माग्छन्, कर्मचारीको रुखो ब्यवहार र ढिलो सेवा’


मालपोतको सेवाप्रति प्रश्न : ‘बहाना बनाएर घुस माग्छन्, कर्मचारीको रुखो ब्यवहार र ढिलो सेवा’

नेपालगन्ज १८ फागुन : बाँकेको मालपोत कार्यालयमा नागारिक गुनासो संकलन गरिएकोछ । बास नेपालले नागरिक गुनासो संकलन गरेको हो । ५० जना नागरिकहरुको गुनासो संकलन कार्यमा बासका स्वयंसेवकहरुले सेवाग्राहीहरुबाट गुनासा संकलन गरेका हुन् ।

सेवाग्राहीहरु मालपोतको सेवा प्रबाह बारे असन्तुष्ट रहेका छन् । सेवा लिने क्रममा सेवा प्राप्त भयो कि भएन भन्ने प्रश्नमा सेवाग्राहीहरुले अभिमत दिएका छन् । सेवाग्राहीहरु मध्ये ७६ प्रतिशतले काम भएको, २० प्रतिशतले काम नभएको बताएका छन् भने ४ प्रतिशतले काम अधुरो भएको अभिमत दिएका छन् ।

यसैगरी सेवा प्रदायक कर्मचारको व्यवहार कस्तो लाग्यो ? भन्ने प्रश्नमा रुखो भन्नेमा १२ प्रतिशत, राम्रो भन्नेमा ६२ प्रतिशत र ठिकै भन्नेमा २६ प्रतिशत रहेका छन् ।

यस्तै तपाईको काम नभएको भए किन नभएको हो भनेर कर्मचारीले जानकारी दिए कि दिएनन् भन्ने प्रश्नमा ८० प्रतिशतले जानकारी पाएको, १४ प्रतिशतले जानकारी नपाएको र ६ प्रतिशतले प्रष्टसँग जानकारी नदिएको बताएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै आफ्नो काम गराउँदा १२ प्रतिशतले घुस दिनुु परेको बताए भने ८२ प्रतिशतले घुस दिनु नपरेको बताएका छन् । ६ प्रतिशतले घुस मागिएपनि नदिईएको बताएका छन् ।

घुसबारे गरिएको अर्काे प्रतिप्रश्नमा सेवाग्राहीहरुले खुलेर अभिमत दिएका छन् । जसमा ६ प्रतिशतले चियापानी भनेर घुस मागेको, ६ प्रतिशतले दुःख गरे बाफत भनेर घुस मागेको र ८८ प्रतिशतले बिभिन्न बहाना बनाएर घुस मागेको अभिमत दिएका छन् । यद्यपी सेवाग्राहीहरुले घुस माग्ने कर्मचारीको नाम खुलाएनन् । ८६ प्रतिशतले थाहा नभएको बताए भने १४ प्रतिशतले थाहा भएपनि भन्न नसकिने बताए ।

त्यसैगरी कार्यालयको सेवाबाट ६८ प्रतिशतले सन्तुष्ट रहेको बताए भने १४ प्रतिशतले सन्तुष्ट नभएको र १८ प्रतिशतले हुनुपर्ने जत्ति सन्तुष्ट नभएको बताए ।

सेवाग्राहीहरुले मालपोत कार्यालयको शौचालय फोहोर रहेको, टोकन सिस्टम प्रभावकारी नभएको, खानेपानीको व्यवस्था नभएको, लेखापढी गर्ने कर्मचारीहरुले सेवाग्राहीबाट बढी पैसा असुल गर्ने गरेको, पार्किंगको उचित व्यवस्था नभएको, महिला पुरुषको लागि छुटा छुट्टै लाइनको व्यवस्था नभएको, काममा ढिलासुस्ती रहेको, सेवाग्राहीको लागि बस्ने उचित ठाउँको व्यवस्था नभएको बताएका छन् ।

बास नेपालका स्वयंसेवक सरिता विक, चन्द्रिका शाही, मिना घर्ति मगर, सुनिता कुमाल, दिनेश चौधरी र यसोदा पुनले गुनासो संकलन गरेका थिए ।