भट्टराईको १२ औं स्मृती दिवसमा सरसफाई र दीप प्रज्वलन


भट्टराईको १२ औं स्मृती दिवसमा सरसफाई र दीप प्रज्वलन

नेपालगन्ज २० फागुः नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्झनामा शनिबार विविध कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस बाँकेले शनिबार बिहान बागेश्वरी मन्दिरमा सरसफाई कार्यक्रम र बेलुका क्षेत्र नम्बर–२ कार्यसमितिले गणेशमान चोकमा दीप प्रज्वलन गरेको छ ।

भट्टराईको १२ औं स्मृती दिवसमा बिहान बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति नारायणप्रसाद गौडेलले सादा जीवन र उच्च विचारका प्रतिमूर्ति भट्टराई नेपाली राजनीतिका एक आदर्श राजनीतिज्ञ भएको बताए । पूर्वसभापति भट्टराईले देखाएको बाटोमा हिँड्न सक्नु नै उनीप्रति नेता कार्यकर्ताको सच्चा श्रद्धाञ्जली हुने उनले जोड दिए ।

सरसफाई कार्यक्रममा पूर्व मन्त्री एवम् पूर्वसभापति गजेन्द्र हमाल, निवर्तमान जिल्ला सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सदस्यहरु प्रमेश्वरी पाठक, कृष्णा सापकोटा र दिक्षा कोइराला, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, सह सचिवद्धय रेणुसिंह ठाकुर र विनोकुमार थारु, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत नेता कार्यकर्ता सहभागी भएका थिए ।

जिल्ला सचिव कोईरालाका अनुसार सरसफाई कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच स्मृती दिवसकै अवसरमा क्षेत्रीय कार्यसमितिले गरेको दीप प्रज्वलन कार्यक्रमलाई पार्टीका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, निर्वतमान जिल्ला सभापति किरण कोईराला लगायतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रम क्षेत्रीय सभापति रमेश गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो, भने कार्यक्रम सञ्चालन सचिव सुनिलसिंह हमालले गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्र, नगर र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधी लगायत उपस्थित भएका थिए ।