नेपालगन्ज २१ फागुन : नेपाली काँग्रेस बाँकेले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय नेपालगन्जमा आईतबार बसेको जिल्ला कार्य समितिको नवौं बैठकले चैत ११ गते नेपालगन्जमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको प्रबक्ता डिल्ली गिरीले बताए ।
जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सबै पार्टी पंक्ति एकताबद्ध भएर लाग्ने निर्णय पनि गरेको छ ।
बाँकेका पाँच वटा क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सबै प्रतिबद्ध भएर लाग्ने निर्णय गरिएको गिरीले जानकारी दिए ।
बैठकले होली पर्व र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना पनि व्यक्त गरेको छ । बैठकपछि सभापति गौडेलले शुभकामना सन्देश जारी गर्दै होली पर्वले सबै जिल्लाबासीहरुमा खुसीको रंगहरु छर्दै नयाँ उमंग र सद्भाव बृद्धि गर्न प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
यस्तै अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण महिलाहरुलाई शुभकामना दिँदै उनले महिलामाथि हुने विभेद र हिंसा विरुद्ध एकजुट हुने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती