महासंघ र युनियनले होली मनाउँदै


महासंघ र युनियनले होली मनाउँदै

File Photo

नेपालगन्ज २१ फागुन : सद्भाव र रङको पर्व होलीका अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखा र नेपाल प्रेस युनियन बाँकेले छुट्टाछुट्टै कार्यक्रम गर्ने भएकोछ ।

महासंघ बाँके शाखाले भोली २२ गते सोमबार विहान ११ बजे र युनियनले विहान ९ः३० बजे होली पर्व मनाउन लागेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

महासंघ बाँकेका सचिव कमल डाँगीका अनुसार महासंघको कार्यालय परिसर सञ्चारग्राम (बसपार्क)मा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम राखिएकोछ । उक्त कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण पत्रकारहरुलाई सार्वजनिक आह्वान समेत गरिएकोछ ।

यस्तै युनियन बाँकेका सचिव विजय मल्लका अनुसार युनियनको कार्यालय परिसर गणेशपुर परिसरमा होली मिलनको आयोजना गरि मनाउन लागेको हो । होली मनाउने सचिव मल्लले सार्वजनिकरुपमा आह्वान समेत गरेकाछन् ।