कोहलपुरमा ‘गोलभेंडा उत्सव’ गरिदैँ


कोहलपुरमा ‘गोलभेंडा उत्सव’ गरिदैँ

कोहलपुर २१ फागुनः नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले रंगहरुको पर्व होलीलाई ‘गोलभेंडाहरुको रंग सँगै होली ‘गोलभेंडा उत्सव नेपाल–२०२३’ गर्ने भएको छ ।

कोहलपुरलाई पर्यटकिय गतिविधीसँग जोड्ने उद्देश्यले उत्सव गर्न लागिएको आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

आयोजकका अनुसार यही फागुन २३ गतेका दिन कोहलपुर–११ गोलपार्कमा बिहान ९ बजेदेखी १० बजेसम्म गरिनेछ । गोलभेंडा उत्सव बाँकेमा पहिलोपटक गरिन लागेको हो ।

होटल एशोसियशन अफ नेपाल बाँकेको सह–आयोजना तथा कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरको सहकार्यमा कार्यक्रम गरिने गर्न लागिएको आयोजक (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

‘गोलभेंडा एउटा संरक्षित खाद्य बनस्पति हो, यो फललाई अत्यन्त स्वास्थ्यबद्र्धक, भिटामिन र मसलायुक्त फल मानिन्छ, आलु र सखरखण्ड पछि तेश्रोमा गोलभेंडा विश्वमा सबैभन्दा बढि उत्पादन हुने बताईन्छ, नेपालमा पनि विश्वका अरु देश सरह आलु जस्तै हरेक नेपालीको भान्छामा गोलभेंडा पुग्ने गर्दछ,’ सिग्देलले भन्छन् ‘पर्यटकीय दृष्टिकोणले विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेंडा पर्व मनाइने गरिन्छ ।’

भाईचारा, सद्भाव र रंगहरुको पर्व होली जस्तै देखिने यस पर्व होली पर्वका अवसर पारेर स्थानीय किसानको उत्पादनको उच्च सम्मान गर्दै भोलिका दिनमा स्वदेशी तथा विदेशी पर्यटकलाई बाँके भित्र्याउन सहज हुने विश्वास गरिएको छ ।

यो कार्यक्रमलाई कोहलपुरमा स्थापित र यसको ब्राण्डिङ्ग गर्न सकेमा कोहलपुर, नेपालगन्ज मात्र नभई पश्चिम नेपाल पर्यटकका लागि कोहलपुर गन्तब्य बनाउन सकिने आयोजकले जनाएको छ ।