नेपालगन्ज २२ फागुन : सद्भाव र रङको पर्व होली बाँकेका पत्रकारहरुले एक कार्यक्रमको आयोजना गरि धुमकाधामका साथ मनाएकाछन् । होली पर्वका अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखा र नेपाल प्रेस युनियन बाँकेले छुट्टाछुट्टै कार्यक्रम गरि मनाएका हुन् ।
नेपाल पत्रकार महासंघ बाँकेले आयोजना गरेको होली मिलन कार्यक्रम अध्यक्ष दामोदर भण्डारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चौलागाई, सचिव जयसिंह केसी, बाँके शाखा अध्यक्ष भण्डारी, पूर्व जिल्ला अध्यक्षद्वय झलक गैरे र रुद्र सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, प्रेस चौतारीका विष्णु बेल्बासे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, समाजवादी प्रेस संगठन अध्यक्ष लोकनाथ शर्मा, थारु पत्रकार संघकी पूर्व अध्यक्ष विमला चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।
यस्तै युनियनले गरेको होली मिलन कार्यक्रम अध्यक्ष अर्जुन ओलीको सभापत्विमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, महासंघ बर्दिया शाखाका पूर्ब अध्यक्ष एवम् युनियनका नेता श्रीराम सिग्देल, युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन बाँकेका सल्लाहकार चेतकान्त भट्टराई, प्रेस युनियन र पत्रकार महासंघका कार्यसमिति सदस्यहरु, अन्य सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिव विजय मल्लले गरेका थिए ।
उनीहरुले होली पर्बले आपसी सद्भाव, भाईचारा कायम गर्ने विश्वास व्यक्त गरेका थिए ।