नेपालगन्ज २६ फागुन : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेकाछन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् ।
यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए । पूजा सकेर उनी आजै सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय जाने कार्यक्रम छ । त्यहाँ उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालालगायत नेताकोे शालिकमा माल्यार्पण गुर्नका साथै सङ्ग्रहालयको अवलोकन गर्नेछन् । उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जाने कार्यक्रम छ ।
पूर्वसभामुख समेत रहेका उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै बिहीबार नेपालको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिने कार्यक्रम तय गरिएकोछ ।
थप समाचार
रामचन्द्रको संक्षिप्त परिचय, जानौं संविधानले राष्ट्रपतिलाई दिएको अधिकार
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती