बाँके (बैजनाथ) २६ फागुन : जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई पोशाक लगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाको खेलकुद विकास समिति संयोजक महाबीर थारुको अध्यक्षता तथा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलाडीलाई शुभकामना दिनुका साथै पोशाक लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले खेलाडीलाई हौसला दिदै खेलाडी भएपछि अनुशासित रुपले खेल्नुपर्ने र खेलाडीमा ईच्छाशक्ती हुनुपर्ने बताए ।
स्थानीय स्तरमा उत्पादन हुने खेलाडी राष्ट्रको खेलाडी बन्न सक्ने अध्यक्ष शाहीले जोड दिए । खेलाडीलाई प्रोत्साहन गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, बैजनाथ गाउँपालिका वडा नम्बर–२ का वडाअध्यक्ष राजु रुचाल, वडा नम्बर–३ का वडाअध्यक्ष निखिल बैगार, खेल प्रशिक्षक जनार्दन केसी, बैजनाथ खेलकुद विकास समितिका सदस्य नवराज रावल, मिना मल्ल, भिमबहादुर दमाई, सुमित्रा विश्वकर्मा लगायत अतिथीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा गाउँपालिका स्तरबाट छनोटमा परेका खेलाडीको समेत उपस्थिती रहेको थियो ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे