अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन


अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज २७ फागुन : अवधी पत्रकार संघ नेपाल, बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन शनिबार सकिएको छ ।

पर्यटकीय क्षेत्र बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर– ५ नानापुर स्थित सिद्धिविनायक लायन्स पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादव(अहिर)ले अवध क्षेत्रको रुपमा रहेको लुम्बिनी सरकारले अवधी भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा विशेष पहल गर्ने बताए ।

उनले अवध क्षेत्रको विकास त्यसमा पनि अवधी भाषी पत्रकारहरुको विकास, क्षमता अभिबृद्धि, महिला पत्रकारको सहभागिता र संघको संस्थागत विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै स्थानीयस्तरमा रहेका पर्यटकीय स्थलहरुको पहिचान र संम्बद्र्धनमा प्रदेश सरकारले पहल गर्र्ने बताए ।

प्रदेश सांसद आदेश अग्रवालले अवधी भाषासँग प्रेम राख्ने व्यक्तीबाट मात्र अवधी कला संस्कृतिको विकास हुने भन्दै अवधीको विकासका लागि हामी सबै आफैबाट जुटेर लाग्नुपर्नेमा जोड दिए । उनले आफुहरु अवधी भाषामा सांसद पदको सपथ लिएको स्मरण गर्दै अवध क्षेत्रको विकासका लागि सबैको सहयोग र सहकार्यसंगै सरकारीस्तरबाट पहल गर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

संघका सल्लाहकार वरिष्ठ पत्रकार विजय बर्माले अवध क्षेत्रको प्राचिनकालदेखिको सम्बन्ध रहेकोले यसको संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा सबै सरोकारवाला जुट्नुपर्ने आग्रह गर्दै पछिल्लो समय अवधीलाई विभाजन गर्न खाजिएकाले अवधीको विकासका लागि सरकार गम्भिर बन्नुपर्नेमा जोड दिए ।

अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्रले देशैभर अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको संघमा आबद्ध पत्रकारहरुका क्षमता विकाससंग महिलाहरु पत्रकारहरुको ठूलो चुनौती रहेकाले उनीहरुको विकासका लागि सरकार उदासिन भएको भन्दै अवधी पत्रकारहरुको सक्रियतासंगै एकजुट हुन आवश्यक रहेको बताए । उनले संघमार्फत अवधी भाषा, कला र संस्कृतिको विकासका लागि संचारक्षेत्रबाट उल्लेख्य भूमिका निर्वाह गरेकाले यो समुदायले पनि त्यत्तिकै सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारीले अवधी भाषी पत्रकारहरुको विकास तथा सहभागिताका लागि महासंघले विशेष आरक्षणलगायतको व्यवस्था गरेको भन्दै अवधी पत्रकारहरुको सक्रियता र सहभागिता बृद्धि गर्नुपर्नेमा जोड दिए ।

अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले अवधी भाषाको विकास र संरक्षणका लागि दुईदशक अघिको सपना साकार बनाउन संस्था स्थापना गरिएको भन्दै पछिल्लो समय अवधीको विकासमा सरकारले खासै ध्यान नदिएकोप्रति दुख व्यक्त गरे ।

सभामा लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादव र सांसद आदेश अग्रवाललाई सम्मान गरिएको थियो । त्यस अवसरमा अवधी पत्रकार संघ बाँकेका पुर्व जिल्ला अध्यक्षद्वय चन्दे्रश्वरराज त्रिपाठी र नन्दलाल साहुलाई सम्मान गरिएको थियो । सभामा संघका जग्गादाता माधवराम बर्मालाई पनि सम्मान गरिएको थियो ।

प्रहलाद विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

अवधी पत्रकार संघ बाँकेको शनिबार सम्पन्न जिल्ला अधिबेशनले पत्रकार प्रहलाद विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विश्वकर्मा नेपालगन्जस्थित जि नेपाल फोरके टेलिभिजन र रेडक्रस पत्रिकामा आबद्ध छन् ।

संघको उपाध्यक्षमा सुनिता बर्मा, सचिवमा रमेशकुमार यादव, सहसचिवमा रुवी साई, कोषाध्यक्षमा असफाक संघर्ष चयन भएकाछन् ।

यसैगरि सदस्यहरुमा सलामत अली शेष, समिर सल्मानी, निलम शर्मा, प्रिति पटेल, सुजल त्रिपाठी, मोहम्मद सद्दाव राईनी चयन भएको निर्वाचन समितिका संयोजक अधिबक्ता विश्वजित तिवारीले जानकारी दिए ।