नेपालगन्ज २९ फागुन : विपद्का बेला हुने विभेद न्यूनीकरणका विषयमा नेपालगन्जमा तालिम(प्रशिक्षण) आयोजना गरिएको छ ।
शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) ले लैङ्गिक अल्पसङ्ख्यक र जोखिममा रहेका समुदायको संरक्षणका सवालमा पैरवी गर्दै विपद्का बेला उनीहरुमाथि हुने विभिन्न हिंसा, यौन शोषण र विभेदका विषयमा राय संकलन गर्न तालिम आयोजना गरेको हो ।
तालिममा विपद्का बेला सीमान्तकृत समुदाय, महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने विभेद्का विषयमा छलफल भइरहेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले हिंसा र विभेदको विषय सबैको साझा दायित्व भएको उल्लेख गर्दै विपद्का बेलामा आउने समस्या समाधान गर्न पूर्व तयारी आवश्यक भएको बताए । उनले विपद्का बेला राहत र उद्धारका विषय मात्रै प्राथमिकतामा परेपनि विभेद्का विषयलाई ध्यान नदिइएको उल्लेख गरे ।
युनिसेफ नेपालका क्षेत्रीय संयोजक दीपक श्रेष्ठले जोखिममा रहेका समुदायलाई लक्षित गरेर उनीहरुलाई मूलप्रवाहीकरण गर्नका लागि सबै समुदायको सहभागितामा छलफल सुरु गरिएको बताए ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयकी जयन्ती गिरीले विभिन्न प्रदेशबीच असल अभ्यासको आदानप्रदान हुनेमा जोड दिँदै सुदूरपश्चिम सरकारले संरक्षणको सवालमा तयार गरेको डिपीआर अन्तिम चरणमा पुगेको बताए ।
उनले विपद्का बेला हुने अनैतिक कार्यलाई निरुत्साहित गर्न पहुँच नभएकाको सवाललाई ध्यानमा राखेर काम गर्न आवश्यक रहेको बताइन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी अनिता ज्ञवालीले विपदका बेला लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आवश्यक भएको बताइन् ।
लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट करिव ६५ जनाको सहभागिता रहेको छ । तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालित छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी