नेपालगन्ज ३० फागुन : नेपाली लेखन संघ बाँकेको पुर्न गठन गरिएको छ । सोमबार एक कार्यक्रमकाविच साहित्यकार अञ्जु न्यौपानेको अध्यक्षता चौध सदस्यीय नेपाली लेखक संघ, बाँके जिल्ला कार्यसमिति गठन गरीएको हो ।
बरिष्ठ साहित्यकार सनत कुमार रेग्मी तथा नेपाली लेखक संघ केन्द्रिय सदस्य धनमाया लुइँटेल(ऋचा)को उपस्थितिमा उक्त कार्यसमिति गठन गरिएको हो ।
पुर्नःगठन गरिएको नेपाली लेखक संघ बाँकेको उपाध्यक्षमा मधु पौडेल, सचिवमा मणीप्रसाद गैरे, सह–सचिवमा सावित्री गिरी, कोषाध्यक्षमा उमा ग्राण्डन रहेका छन् ।
यसैगरी समितिको सदस्यमा ललितकुमार रौनियार, शुक्रऋषी चौलागाई , बालकृष्ण शर्मा रेग्मी, अर्चना पाठक, शान्ता शर्मा, पुष्पा भट्टराई, निशु जोशी, विरेन्द्र प्रसाद जैसी र छत्रपति सिंह रहेका छन् ।
गठनपछि प्रतिक्रिया दिदैँ पछिल्लो समय प्रजातान्त्रिक अभ्यासमा खरो उत्रिए पनि साहित्यका माध्यमले अझै पनि बाँकेमा लोकतन्त्रका बारेमा जनजागरण गराउन नसकिरहेको अवस्थामा प्रजातान्त्रिक अभ्यासलाई अझै राम्रो बनाउनका लागि नेपाली लेखक संघ जिल्ला कार्यसमिति पुर्नःगठन गरिएको वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघ केन्द्रिय समिति सल्लाहाकार रेग्मीले बताए ।
त्यस्तै नेपाली लेखक संघ केन्द्रिय सदस्य लुइँटेलेले साहित्यले बाँकेमा राम्रो गर्ने सकिने सम्भावना भएको हुदाँ नेपाली लेखन संघमा जोडीन सबैलाई आव्हान समेत गरेकी छन् ।
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ