नेपालगन्ज १ चैत्र : गैरसरकारी संस्थाहरुको छाता संगठन गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको नवौं अधिबेशन तथा २२ औं साधारण सभा आगामी चैत्र २० गते हुने भएको छ ।
दोश्रो बाँके जिल्ला स्तरीय नागरिक सम्मेलन सहित अधिबेशन नेपालगन्जमा हुने भएको हो ।
यसअघि चैत्र ४ गते गर्ने भनिएको ९ औं अधिबेशनको मिति गैसस महासंघ नेपाल बाँके शाखाको बुधबार सम्पन्न कार्यसमिति बैठकले सार्ने निर्णय गरेको हो । तयारी नपुगेका कारणले अधिबेशनको मिति सारिएको
महासंघले जनाएकोछ ।
अधिबेशन भव्यताकासाथ सफल पार्नका लागि उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा कार्यसमिति सदस्य मैमुना सिद्दिकी र शंकर न्यौपाने सदस्य रहेको तयारी समिति, सचिव आशिष वर्माको संयोजकत्वमा सदस्यहरु अभिराज क्षेत्री र जयनीत खत्री सदस्य रहेको प्रचारप्रसार समिति, कोषाध्यक्ष निर्मला सुनारको संयोवकत्वमा सदस्यहरु जयन्ती खत्री र लोकबहादुर परियार सदस्य रहेको आर्थिक समिति, कार्यसमिति सदस्य सुर्यलाल यादवको संयोजकत्वमा सदस्यहरु अर्मिला रोकाय र अभिराज क्षेत्री सदस्य रहेको संस्था आबद्धता तथा नविकरण समिति गठन गरिएको छ ।
अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकमा कार्यसमिति पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ