गैसस महासंघ नेपाल बाँकेको ९ औं अधिबेशन चैत्र २० गते


गैसस महासंघ नेपाल बाँकेको ९ औं अधिबेशन चैत्र २० गते

नेपालगन्ज १ चैत्र : गैरसरकारी संस्थाहरुको छाता संगठन गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको नवौं अधिबेशन तथा २२ औं साधारण सभा आगामी चैत्र २० गते हुने भएको छ ।

दोश्रो बाँके जिल्ला स्तरीय नागरिक सम्मेलन सहित अधिबेशन नेपालगन्जमा हुने भएको हो ।

यसअघि चैत्र ४ गते गर्ने भनिएको ९ औं अधिबेशनको मिति गैसस महासंघ नेपाल बाँके शाखाको बुधबार सम्पन्न कार्यसमिति बैठकले सार्ने निर्णय गरेको हो । तयारी नपुगेका कारणले अधिबेशनको मिति सारिएको
महासंघले जनाएकोछ ।

अधिबेशन भव्यताकासाथ सफल पार्नका लागि उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा कार्यसमिति सदस्य मैमुना सिद्दिकी र शंकर न्यौपाने सदस्य रहेको तयारी समिति, सचिव आशिष वर्माको संयोजकत्वमा सदस्यहरु अभिराज क्षेत्री र जयनीत खत्री सदस्य रहेको प्रचारप्रसार समिति, कोषाध्यक्ष निर्मला सुनारको संयोवकत्वमा सदस्यहरु जयन्ती खत्री र लोकबहादुर परियार सदस्य रहेको आर्थिक समिति, कार्यसमिति सदस्य सुर्यलाल यादवको संयोजकत्वमा सदस्यहरु अर्मिला रोकाय र अभिराज क्षेत्री सदस्य रहेको संस्था आबद्धता तथा नविकरण समिति गठन गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकमा कार्यसमिति पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।