श्रमिक युवालाई क्षमता अभिवृद्धि तालिम


श्रमिक युवालाई क्षमता अभिवृद्धि तालिम

नेपालगन्ज २ चैत्र : निर्माण क्षेत्र र गृह श्रममा आवद्ध युवा श्रमिकलाई नेपालगन्जमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सोलीडाइरेटी सेन्टरको सहयोगमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्ले श्रमिक युवालाई तीन दिने तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले युवाहरुनै ट्रेड यूनियन आन्दोलनको मेरुदण्ड भएको बताए । युवाको रोजगारी अभिवृद्धिमा जोड दिंदै सीप, दक्षता र योग्यता वृद्धि तथा बढी भन्दा बढी युवा श्रमिकलाई संगठित गर्नु अहिलेको आवश्यकता रहेको उनले धारणा राखे ।

अध्यक्ष श्रेष्ठले कार्यथलोमा युवा बाहुल्य नयाँ क्षेत्रको खोजी गर्दै संगठित गर्ने अभियान चलाउन युवाहरुलाई ट्रेड युनियन शिक्षा दिई क्षमता बृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको बताए । युवा श्रमिकमा ट्रेड युनियनप्रतिको आकर्षण बढाउन र ट्रेड युनियन आन्दोलनबारे बुझाउन तालिम आयोजना गरिएको सोलिडारिटी सेन्टर नेपालकी कन्ट्री डाइरेक्टर लुना रञ्जितले जानकारी दिए ।

जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा एनटियुसी प्रदेश अध्यक्ष मुकुन्द अधिकारी, सोलिडारिटी सेन्टरकी बिनिता जिरेल, आईटियुसी एनएसीका रुपेश सिग्देल, जिफन्टका केन्द्रिय सदस्य पूर्ण केसी, बाँके इन्चार्ज सुमन गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष दान बहादुर ओली लगायतले बोलेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

तीनदिनसम्म सञ्चालन हुने तालिममा जिफन्ट, ट्रेड युनियन काँग्रेस र नेपाल ट्रेड युनियन महासंघ आबद्ध १८ जना श्रमिक युवाको सहभागिता रहेको छ ।