काँग्रेस बाँकेले गर्‍यो विभिन्न ४१ शाखाका प्रमुख मनोनयन


काँग्रेस बाँकेले गर्‍यो विभिन्न ४१ शाखाका प्रमुख मनोनयन

नेपालगन्ज २ चैत्र : नेपाली काँग्रेस बाँकेले विभिन्न ४१ शाखामा शाखा प्रमुख मनोनयन गरेको छ । काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले विभिन्न ४१ शाखामा शाखा प्रमुख मनोनयन गरेका हुन् ।

सभापति गौडेलले नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) परिच्छेद ३ को दफा १२ को उपदफा ७ को (ज) र नियमावली २०७६ को परिच्छेद–१७ को नियम ४८ को ३ (क) र ४ मा व्यवस्था भए बमोजिम विभिन्न शाखाहरुको प्रमुखमा पार्टीका पदाधिकारी र सदस्यहरुलाई मनोनयन गरेको उल्लेख गरेका छन् ।

सभापति गौडेलले कानून शाखा प्रमुखमा उपसभापति कृष्णबहादुर कार्की, अभिलेख, अनुगमन तथा मूल्यांकन शाखा प्रमुखमा सचिव सुधांशु कोइराला, आर्थिक शाखामा यज्ञबहादुर बस्नेत, कार्यक्रम तथा समन्वय शाखा प्रमुखमा सहसचिव रेणुसिंह ठाकुर, विकास शाखामा सहसचिव विनोद थारु र सूचना सञ्चार, प्रचारप्रसार तथा वन वातावरण शाखा प्रमुखमा प्रबक्ता डिल्लीबहादुर गिरीलाई मनोनयन गरेका छन् ।

यस्तै जिल्ला सदस्य रविन्द्रबहादुर हमाललाई संगठन शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । मनप्रसाद आचार्यलाई स्थानीय तह समन्वय शाखा प्रमुखमा मनोनयन गर्दा टंकप्रसाद काफ्ले (आशिष) लाई विद्यार्थी शाखा प्रमुख तोकिएको छ । यसैगरी रामचन्द्र गुप्तालाई प्रशासन शाखा, अन्य पार्टी सम्पर्क शाखा प्रमुखमा लक्ष्मीनारायण शाह, उद्योग तथा व्यापार शाखामा राजेन्द्रकुमार श्रेष्ठ, श्रमिक तथा ट्रेड युनियन शाखामा उमा थापा मगर, यातायात व्यवसायी समन्वय शाखामा निमबहादुर चलाउने (निरज) र मुस्लिम शाखा प्रमुखमा निजामुद्दिन अन्सारीलाई मनोनयन गरिएको प्रबक्ता डिल्ली गिरीले बताए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

गीता गोदार क्षेत्रीलाई महिला शाखा, शरदचन्द्र बर्मालाई शिक्षा शाखा, अमृतकुमार आचार्यलाई तरुण शाखा, खेमनाथ अधिकारीलाई स्वास्थ्य शााखा, बुद्धिराम थारुलाई थारु शाखा, सुशिला पन्तलाई वित्तिय तथा सहकारी संस्था समन्वय शाखा र अशोककुमार श्रेष्ठलाई पेशागत तथा बुद्धिजिवी शाखा प्रमुखमा मनोनयन गरिएको छ ।

प्रबक्ता गिरीका अनुसार सभापति गौडेलले दलित शाखामा दुर्गाकुमारी विक, कृषि तथा किसान शाखामा महबुब अली शेष, गैरसरकारी संस्था एवम् सामाजिक शाखामा सुशिला कार्की, पर्यटन शाखामा देवबहादुर खाण ठकुरी, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबास एवम् मुक्तकमैया समन्वय शाखामा टिकाराम बस्नेत, आदिवासी जनजाती शाखामा प्रमोदबहादुर श्रेष्ठ, बैदेशिक रोजगार समन्वय शाखामा सिताराम थारु र खेलकुद शाखामा जगदिश बाल्मिकी मनोनित भएका छन् ।

यस्तै प्राकृतिक स्रोत शाखा प्रमुख तिलाकुमारी कार्की, शुभेच्छुक संस्था समन्वय शाखामा लालतादेवी थारु, भूपु सैनिक शाखामा भिमबहादुर विक, पूर्व राष्ट्रसेवक समन्वय शाखामा विरबहादुर विष्ट, अन्य भ्रातृ संघ समन्वय शाखामा पुष्पा आचार्य शुक्ला, साहित्य, कला तथा संस्कृति शाखामा टिकादेवी केसी, द्वन्द व्यवस्थापन समन्वय शाखामा कोकिला शर्मा, मधेश तराई समन्वय शाखामा कुन्नीकुमारी कलवार, पिछडिएको क्षेत्र समन्वय शाखामा सुनिता आले, अल्पसंख्यक, सीमान्तकृत तथा अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवम् उत्प्रेरणा शाखा प्रमुखमा देवफलप्रसाद यादव र निर्माण व्यवसायी समन्वय शाखामा जलिल अहमद ढपाली मनोनित भएका छन् ।