एमविविएसमा नाम निकालेका आचार्यलाई आदर्शले गर्यो सम्मान


एमविविएसमा नाम निकालेका आचार्यलाई आदर्शले गर्यो सम्मान

नेपालगन्ज ३ चैत्र : बाँकेको नेपालगन्जमा रहेको आदर्श माध्यमिक विद्यालयका विद्यार्थी सुवास आचार्यले एमविविएसको प्रवेश परीक्षमा नवौं स्थानमा नाम निकाल्न सफल भएका छन् ।

चिकित्सा शिक्षा आयोगद्वारा २०७९ मा प्रकाशित शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाअन्तर्गत स्नातक तहको एमविविएसको प्रवेश परीक्षमा नवौं स्थानमा नाम निकालेका हुन् । उक्त परीक्षमा देशभरबाट करिब १५ हजार बढी विद्यार्थी सहभागी थिए ।

प्रवेश परीक्षाको नजितापश्चात आचार्यलाई आदर्श माविले बिहीबार सम्मान गरेको आदर्शका विज्ञान संकायका संयोजक चेत चापागाईँले बताए ।

चापागार्इँका अनुसार आदर्शले आचार्यलाई सम्मान गर्दै पुरस्कार स्वरुप स्वास्थ्य सामर्गीसमेत प्रदान गरेको छ । उज्वल भविष्यका लागि आचार्यलाई अझ मेहेनत गर्न सम्मान गरेर हौसला प्रदान गरेको चापागाईँले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

आचार्यलाई चापागाईँसहित विद्यालयका सल्लाहकार प्रकाश लामिछाने, विद्यालय प्रमुख ईश्वरप्रसाद पोखरेललगायतले सम्मान गरेका हुन् ।

सम्मान पश्चात आचार्यले आफूलाई थप हौसला प्रदान भएको र भाविष्यमा आफूले कडा मेहेनत गर्ने बताए ।

जुम्ला घर भएका अचार्य नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १८ मा बसोबास गर्छन् । उनले २०७७/७८ मा आदर्शबाट विज्ञान संकायमा १२ कक्षा उत्तीर्ण गरेका थिए । आचार्यले कक्षा ५ देखि आदर्शमा अध्ययन गरेका थिए ।

यसका अलवा आचार्यले चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा विडिएसतर्फ नेपाल प्रथम समेत भएका छन् । १२ कक्षा उत्तीर्ण भएपश्चात आचार्यले विडिएस र एमविविएसको तयारी गरेका थिए ।

अघिल्लो वर्ष पनि आदर्शका २ विद्यार्थी एमविविएसमा नाम निकाल्न सफल भएका थिए । हालसम्म आदर्शबाट करिब १० जना विद्यार्थीले एमविविएसको प्रवेश परीक्षामा नाम निकालिसकेका छन् ।