नेपालगन्ज ३ चैत्र : बाँकेको नेपालगन्जमा रहेको आदर्श माध्यमिक विद्यालयका विद्यार्थी सुवास आचार्यले एमविविएसको प्रवेश परीक्षमा नवौं स्थानमा नाम निकाल्न सफल भएका छन् ।
चिकित्सा शिक्षा आयोगद्वारा २०७९ मा प्रकाशित शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाअन्तर्गत स्नातक तहको एमविविएसको प्रवेश परीक्षमा नवौं स्थानमा नाम निकालेका हुन् । उक्त परीक्षमा देशभरबाट करिब १५ हजार बढी विद्यार्थी सहभागी थिए ।
प्रवेश परीक्षाको नजितापश्चात आचार्यलाई आदर्श माविले बिहीबार सम्मान गरेको आदर्शका विज्ञान संकायका संयोजक चेत चापागाईँले बताए ।
चापागार्इँका अनुसार आदर्शले आचार्यलाई सम्मान गर्दै पुरस्कार स्वरुप स्वास्थ्य सामर्गीसमेत प्रदान गरेको छ । उज्वल भविष्यका लागि आचार्यलाई अझ मेहेनत गर्न सम्मान गरेर हौसला प्रदान गरेको चापागाईँले बताए ।
आचार्यलाई चापागाईँसहित विद्यालयका सल्लाहकार प्रकाश लामिछाने, विद्यालय प्रमुख ईश्वरप्रसाद पोखरेललगायतले सम्मान गरेका हुन् ।
सम्मान पश्चात आचार्यले आफूलाई थप हौसला प्रदान भएको र भाविष्यमा आफूले कडा मेहेनत गर्ने बताए ।
जुम्ला घर भएका अचार्य नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १८ मा बसोबास गर्छन् । उनले २०७७/७८ मा आदर्शबाट विज्ञान संकायमा १२ कक्षा उत्तीर्ण गरेका थिए । आचार्यले कक्षा ५ देखि आदर्शमा अध्ययन गरेका थिए ।
यसका अलवा आचार्यले चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा विडिएसतर्फ नेपाल प्रथम समेत भएका छन् । १२ कक्षा उत्तीर्ण भएपश्चात आचार्यले विडिएस र एमविविएसको तयारी गरेका थिए ।
अघिल्लो वर्ष पनि आदर्शका २ विद्यार्थी एमविविएसमा नाम निकाल्न सफल भएका थिए । हालसम्म आदर्शबाट करिब १० जना विद्यार्थीले एमविविएसको प्रवेश परीक्षामा नाम निकालिसकेका छन् ।
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति