काँग्रेस नेपालगन्ज वडा नम्बर– २ को वडा सम्मेलन सम्पन्न


काँग्रेस नेपालगन्ज वडा नम्बर– २ को वडा सम्मेलन सम्पन्न

नेपालगन्ज ३ चैत्र : नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ को वडा सम्मेलन सम्पन्न भएको छ ।

वडा सभापति प्रदीप श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान सांसद सुरेन्द्रबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा सचिव हिमनाथ पौडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवदेन सुझावसहित पारित भएकोछ ।

यस्तै कोषाध्यक्ष विष्णु श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको सचिव पौडलले सेतोखरीलाई जानकारी दिए ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले पार्टीभित्र गुट–उपगुट त्यागेर पार्टीलाई एकजुट बनाउनतर्फ लाग्न आग्रह गरे । उनले टोल समितिहरुलाई समेत सक्रिय बनाई संगठनलाई चलायमान बनाउन समेत आग्रह गरे ।

Kanti Aarogya Hospital Nepalgunj

वडा सम्मेलनमा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, प्रदेश २(२) का सभापति जितेन्द्रबहादुर हमाल, क्षेत्रीय सचिव सुनिलसिंह हमाल, पूर्व जिल्ला कोषाध्यक्ष अच्युत प्रसाईं, प्रजातान्त्रिक उद्योगी व्यवसायिक संघ बाँकेका अध्यक्ष सञ्जय थापा लगायत उपस्थित थिए ।

वडा सम्मेलनमा प्रजातन्त्र सेनानी रहमत अली, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको जिल्ला र नगरको नवनिर्वाचित कार्यसमिति तथा निर्वाचनका बेला आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको वडा सचिव पौडेलले जानकारी दिए ।