नेपालगन्ज ५ चैत्र : बाँकेको नेपालगन्ज र जानकी गाउँपालिकामा आधरभूत तह कक्षा ८ को परीक्षा सुरु भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिकामा १२ वटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित परीक्षामा २ हजार ७ सय २५ परीक्षार्थी सहभागी छन् ।
नगरका २५ सामुदायिक र ५३ संस्थागत गरी ७८ विद्यालय सहभागी परीक्षा चैत १३ गतेसम्म सञ्चालन हुने शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । विहान ८ बजेदेखि सुरु हुने परीक्षामा पहिलो दिन आईतबार अंग्रेजी विषयको परीक्षा लिइएको छ ।
सबै परीक्षा केन्द्रहरुको विहान अनुगमन पनि गरिएको थापाले बताए । नगरप्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, महाशाखा प्रमुख थापा, शिक्षा समिति सम्बद्ध लगायतले परीक्षा केन्द्रहरुमा पुगी अनुगमन गरेका थिए ।
पहिलो दिनको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थापाले जानकारी दिए । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन हरसम्भव प्रयास गरिएको थापाको भनाई छ । २०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालिएको हो ।
यसैबीच, बाँकेको जानकी गाउँपालिकामा पनि आईतबारदेखि आधारभूत तह कक्षा—८ को परीक्षा विहान साढे ७ बजेदेखि शुरु भएको छ ।
परीक्षा सञ्चालनका लागि जानकी गाउँपालिकाको शिक्षा शाखाले ४ वटा परीक्षा केन्द्रहरु निर्धारण गरेको छ । वडा नम्बर–४ खजुराखुर्दस्थित जानकी मावि, वडा नम्बर– ४ गिजरास्थित जनसहयोग आधारभूत विद्यालय, वडा नम्बर–३ स्थित बञ्जारेगाउँ मावि र वडा नम्बर–२ स्थित जोगागाउँ माविमा परीक्षा सञ्चालन भइरहेको छ ।
परीक्षाको पहिलो दिन आईतबार गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, सामाजिक विकास समितिका संयोजक रामआँचल धोवी, पालिकाकी शिक्षा शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारी लगायतले परीक्षा केन्द्रहरुमा पुगेर अनुगमन र निरीक्षण गरेका थिए ।
अनुगमन र निरीक्षणका क्रममा गाउँपालिका अध्यक्ष खाँले ४ वटै परीक्षा केन्द्रहरुमा व्यवस्थित र मर्यादितरुपमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए । शिक्षा शाखाकी भण्डारीले अनुगमनका क्रममा ४ वटै परीक्षा केन्द्रहरुमा परीक्षा शान्त, व्यवस्थित र मर्यादितरुपमा सञ्चालन भएको पाइएको बताइन् ।
पहिलो दिन जानकी माविमा १११ जना, जनसहयोग आधारभूत विद्यालयमा १०३ जना, बञ्जारे गाउँमा ५६ र मावि जोगागाउँ मा ७७ जना गरी जम्मा ३४७ विद्यार्थीहरु परीक्षा दिन उपस्थित भएका थिए । भने जानकीमा पहिलो दिन नेपाली विषयको परीक्षा लिइएको थियो ।
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति