मेलमिलाप विवाद समाधानको उपयुक्त विधिः न्यायधीश ज्ञवाली


मेलमिलाप विवाद समाधानको उपयुक्त विधिः न्यायधीश ज्ञवाली

कोहलपुर ५ चैत्र : उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका न्यायधीश बामदेव ज्ञवालीले मेलमिलाप विवाद समाधानको सबैभन्दा उपयोगी विधि भएको बताए ।

कोहलपुर नगरपालिका न्यायीक समितिको आयोजना तथा नेपाल महिला न्यायधीश मञ्चको सहजीकरणमा आईतबारदेखि कोहलपुरमा शुरु भएको मेलमिलाप सम्बन्धि आठ दिवसीय ४८ घण्टे आधारभूत तालिम उद्घाटन शत्रमा बोल्दै न्यायधीश ज्ञवालीले दुवै पक्षबीच जितजितको माध्यमबाट मुद्दाको किनारा लगाइने भएकाले मेलमिलाप विवाद समाधानको उपयोगी विधि भएको बताए ।

उनले अदालतबाट हुने न्याय निरुपण एउटाले जित्ने र अर्कोले हार्ने हुने भएपनि मेलमिलापको विधि भने दुवैका लागि जित जित हुने बताए । उनले मेलामिलापका माध्यमबाट विवाद समाधान गर्ने काम न्यायका सवालमा सबैभन्दा पूण्य काम भएको पनि बताए ।

न्यायलयमा आफ्नो अनुभवका आधारमा विवाद समाधानमा मेलमिलापको विधि सबैभन्दा दीर्घकालीन र उपयोगी भएको पाएको पनि उहाँको भनाइ थियो । पछिल्लो समय संसारभरी न्याय निरुपणमा अहिले मेलमिलाप विधिको अभ्यास भइरहेको पनि न्यायधीश ज्ञवालीको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर नगरपालिकाका नगरउपप्रमुख तथा न्यायीक समितिका संयोजक संगीता सुवेदीले संबिधानले व्यवस्था गरे अनुसार आफुहरुले स्थानीय स्तरका विवादहरु मेलमिलापका माध्यमबाट टुंग्याउने गरिएको जानकारी दिइन् ।

मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिमपछि सबै वडामा मेलमिलाप केन्द्र गठन गरिने पनि उनको भनाइ छ । वडामा आएका विवादहरु सकेसम्म वडामै समाधान होस् भन्ने हेतुले मेलमिलापकर्ताहरुलाई तालिम दिन लागिएको पनि उने बताईन ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले स्थानीय तहको न्याय सम्पादनमा सहजता ल्याउन तालिम आयोजना गरिएको जानकारी दिए । उनले यो तालिमपछि सबै वडामा मेलमिलापकर्ताहरु नियुक्त गरिने जानकारी दिए ।

८ दिनसम्म चल्ने तालिममा १५ वडाबाट २÷२ जना सहभागी छन् । नेपाल महिला न्यायधीश मञ्चका सहजकर्ता सीता अधिकारी र देवीराम भण्डारीले सहजीकरण गर्नेछन् ।