डुडुवामा वार्षिक परीक्षाको अनुगमन


डुडुवामा वार्षिक परीक्षाको अनुगमन

डुडुवा (बाँके) ७ चैत्र : बाँके डुडुवा गाउँपालिकास्तरीय वार्षिक परीक्षा सञ्चालन भईरहेको छ ।

२०७९ सालको वार्षिक परीक्षा चैत २ गतेदेखि शुरु भएको डुडुवा गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जय कुमार कर्णले बताए ।

उनका अनुसार परीक्षामा कक्षा एकदेखि ९ कक्षासम्मका करिब दुई हजार भन्दा बढी विद्यार्थीहरु सामिल भएका छन् ।

डुडुवामा सामुदायिक विद्यालय १६ वटा, मदरसा १७ वटा, गुरुकुल १ वटा र बोर्डिङ्ग ९ वटा रहेका छन् । कक्षा ८ को बोर्ड परीक्षाको निरीक्षण समेत गरिएको छ । डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, शिक्षा शाखा प्रमुख कर्णलगायतको टोलीले परीक्षा सञ्चालन भईरहेको विद्यालयको निरीक्षण गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

आज मंगलबार डुडुवा ५ डलैपुर विद्यालयमा सञ्चालित परीक्षाको अनुगमन गर्दै पालिकाका उपप्रमुख बानोले सबै विद्यालयमा मर्यादित रुपमा शान्तिपुर्वक परिक्षा भईरहेको बताइन् । चैत १० गतेसम्म सञ्चालन हुने परीक्षा विहान ८ बजेदेखि शुरु भएको हो ।