सामुदायिक रेडियोसँग सहकार्य गर्न मन्त्री मोदीको आग्रह


सामुदायिक रेडियोसँग सहकार्य गर्न मन्त्री मोदीको आग्रह

नेपालगन्ज ८ चैत्र : सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७औं वार्षिक साधारणसभा बुधबारबाट ललितपुरमा सुरु भएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल)को आयोजनामा सुरु भएको कार्यक्रमको पहिलो दिन बुधबार ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ ।

त्यस्तै ‘परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका व्यक्तिहरुका सवाल र लैङ्गिक समावेशीकरण’ र ‘बदलिंदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दिगोपना’ विषयमा अन्तरसंवाद गरिएको छ ।

छलफलमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र विषयगत मन्त्रालयका अधिकारी सहभागी रहेको अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

साधारणसभाको बन्दसत्रमा आजै, सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजङ्ग थापाले संगठनात्मक, कोषाध्यक्ष सरोज पौडेलले आर्थिक र लेखा समितिका संयोजक भूमि चापागाईंले लेखा समितिको प्रतिवेदन पेश गरेका छन् ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामुदायिक रेडियोसँग सहकार्य गर्न ७५३ वटै स्थानीय तहलाई आग्रह गरेका छन् ।

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औं साधारण सभामा शुभकामना दिंदै मन्त्री मोदीले नागरिकलाई सूचना र आफ्ना गतिविधिका बारेमा जानकारी दिन सामुदायिक रेडियो सबैभन्दा प्रभावकारी माध्यम भएकाले स्थानीय तहले सहकार्य गर्नुपर्ने बताए ।

सामुदायिक रेडियोको दिगोपनाका लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्ने सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रुपमा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

अर्को प्रसंगमा मन्त्री मोदीले निजामति सेवा ऐन अन्तिम चरणमा पुगेको जानकारी दिए । ’राजनीति उतार चढापले गर्दा केही यो ऐन आउन ढिला भएको हो,’ उनले थपे । कर्मचारीतन्त्रमा स्थापित भएको बिकृती रोक्न चुनौती रहेको भन्दै अनुशासन भन्दा बाहिर जाने कर्मचारीविरुद्ध मन्त्रालय कठोर हुने चेतावनी दिए ।

‘अहिले कर्मचारीले पनि मिडिया चलाउन थालिसके, मन्त्रीले कुनै राम्रो काम गर्न थाल्यो भने समाचार आइहाल्छ, कुनै कर्मचारी यस्ता छन, उनीहरू दुर्गममा जान मान्दैनन, राम्रा मन्त्रालय, बिभाग र कार्यालय चाहिन्छ,’ मोदीले भने । उनले सरकार जस्तै मिडियामा पनि सुशासन र पारदर्शिता चाहिन्छ ।’