नेपालगन्ज ८ चैत्र : सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७औं वार्षिक साधारणसभा बुधबारबाट ललितपुरमा सुरु भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल)को आयोजनामा सुरु भएको कार्यक्रमको पहिलो दिन बुधबार ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ ।
त्यस्तै ‘परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका व्यक्तिहरुका सवाल र लैङ्गिक समावेशीकरण’ र ‘बदलिंदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दिगोपना’ विषयमा अन्तरसंवाद गरिएको छ ।
छलफलमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र विषयगत मन्त्रालयका अधिकारी सहभागी रहेको अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।
साधारणसभाको बन्दसत्रमा आजै, सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजङ्ग थापाले संगठनात्मक, कोषाध्यक्ष सरोज पौडेलले आर्थिक र लेखा समितिका संयोजक भूमि चापागाईंले लेखा समितिको प्रतिवेदन पेश गरेका छन् ।
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामुदायिक रेडियोसँग सहकार्य गर्न ७५३ वटै स्थानीय तहलाई आग्रह गरेका छन् ।
सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औं साधारण सभामा शुभकामना दिंदै मन्त्री मोदीले नागरिकलाई सूचना र आफ्ना गतिविधिका बारेमा जानकारी दिन सामुदायिक रेडियो सबैभन्दा प्रभावकारी माध्यम भएकाले स्थानीय तहले सहकार्य गर्नुपर्ने बताए ।
सामुदायिक रेडियोको दिगोपनाका लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्ने सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रुपमा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
अर्को प्रसंगमा मन्त्री मोदीले निजामति सेवा ऐन अन्तिम चरणमा पुगेको जानकारी दिए । ’राजनीति उतार चढापले गर्दा केही यो ऐन आउन ढिला भएको हो,’ उनले थपे । कर्मचारीतन्त्रमा स्थापित भएको बिकृती रोक्न चुनौती रहेको भन्दै अनुशासन भन्दा बाहिर जाने कर्मचारीविरुद्ध मन्त्रालय कठोर हुने चेतावनी दिए ।
‘अहिले कर्मचारीले पनि मिडिया चलाउन थालिसके, मन्त्रीले कुनै राम्रो काम गर्न थाल्यो भने समाचार आइहाल्छ, कुनै कर्मचारी यस्ता छन, उनीहरू दुर्गममा जान मान्दैनन, राम्रा मन्त्रालय, बिभाग र कार्यालय चाहिन्छ,’ मोदीले भने । उनले सरकार जस्तै मिडियामा पनि सुशासन र पारदर्शिता चाहिन्छ ।’
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक