नेपालगन्जका महिलालाई आधारभूत हाते कढाई तथा बुटिक तालिम


नेपालगन्जका महिलालाई आधारभूत हाते कढाई तथा बुटिक तालिम

नेपालगन्ज ८ चैत्र : नेपालगन्जमा सञ्चालित २० दिने आधारभूत हाते कढाई तथा बुटिक सम्बन्धिको तालिम समापन भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगरपालिका समिति तथा महिला उद्यमी समितिको आयोजनमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

नेपालगन्जमा बुधबार एक कार्यक्रमको आयोजना गरि उक्त तालिमको समापन गरिएकोछ । महिलालाई सीपमार्फत आर्थिक स्वावलम्वि बनाउने उद्देश्यले सञ्चालित उक्त तालिममा नेपालगन्जका २५ जना महिलाहरुको सहभागिता रहेको थिए ।

तालिम अवधिभर प्रशिक्षकले हाते कढाई तथा बुटिक सम्बन्धिका आधारभूत सीप सिकाइएको थियो । आर्थिक सशक्तिकरणमा महिलाहरुको अग्रसरताले जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ उक्त तालिम प्रदान गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगर समितिका अध्यक्ष दीला कुमारी शाहको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको समापनमा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख विष्टले महिलाहरु सीप सिकेर स्वावलम्बि बन्नुपर्ने धारणा राखे । उनले महिलाहरुको क्षमता अभिबृद्धि तथा महिला सशक्तिकरणका लागि उपमहानगरपालिका निरन्तर सहकार्य र समन्वयको भूमिका खेल्दै अघि बढेको बताए ।

‘काम कहिल्यै सानो ठूलो हुँदैन, सीप भएपछि जहिले पनि उपयोग हुन्छ’ मेयर विष्टले भने–‘आर्थिक सशक्तिकरणमा महिलाहरुको अग्रसरता हुन जरुरी छ ।’

सोअघि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रशिक्षण प्राप्त गरेका सहभागिहरुबीच दोहोरो छलफल गरि महिलाका विषयमा के कस्ता गतिविधि सञ्चालन गर्न सकिन्छ, आवश्यकता के छ लगायतका विषयमा चर्चा गरेका थिए ।

तालिम संयोजक विष्णु प्रसाद खनालले तालिमका बारेमा जानकारी दिदैँ उद्देश्यमाथि प्रकाश पारेका थिए । भने सहभागिहरुमध्ये लक्ष्मी गुप्ता र वसिम अलिले तालिमको अनुभव सुनाउँदै आधारभूत तालिमसंगै अब पूर्ण तथा लामो अवधिको तालिम आवश्यक रहेकोले उक्त तालिम ब्यवस्थापन गर्न उपमहानगरपालिकासंग माग गरेका थिए ।

महासंघ नगरसमितिका महासचिव भोजराज शर्माद्वारा सञ्चालित कार्यक्रममा महासंघ केन्द्रिय सदस्य जीवनाथ सापकोटा, लुम्बिनी प्रदेश सदस्य, जिल्ला अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।