नेपालगन्ज १० चैत्र : दाङको तुलसीपुर–नेपालगन्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।
त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सरेश हमालले सार्वजनिक यातायातका क्षेत्रमा पहिलो पटक शुक्रबारदेखि विद्युतीय गाडीले सेवा दिन थालेको जानकारी दिए । अध्यक्ष हमालका अनुसार पहिलो चरणमा तुलसीपुरदेखि नेपालगन्जसम्म सेवा प्रदान गर्नेछ ।
‘अहिले एउटा मात्रै गाडीबाट सेवा सुरुवागत गरेका छौं,’ अध्यक्ष हमालले भने, ‘यात्रुको चाहाना अनुसार आगामी दिनमा गाडी थप गरेर सेवा दिने छौ ।’
१३ जना यात्रु क्षमता भएको उक्त गाडी वातावरणमैत्री रहेको छ । उक्त गाडीको भाडा पाँच सय रुपैयाँ तय गरिएको छ । प्रालिले पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो । उक्त गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगन्ज छुट्ने छ भने दिउँसो ३ बजे नेपालगन्जबाट फर्किने छ । गाडी धनी विमल पौडेलले धुँवा मुक्त र इन्धन बचत हुने भएपछि उक्त गाडी सञ्चालनमा ल्याएको जानकारी दिए ।
‘इन्धन बाहिरबाट आउने भएकाले महंगी बढिरहन्छ । त्यसैमा कहिले काही झन नपाइने समस्या हुन्छ,’ उनले थपे–‘यी समस्यालाई मध्यनजर गर्दै विद्युतीय गाडी ल्याएका छौ ।’ व्यक्तिगत रुपमा विद्युतीय गाडी सञ्चालन भइरहे पनि सार्वजनिक गाडी भने जिल्लामा पहिलो पटक हो ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक