नेपालको साक्षरता दर ७६ प्रतिशत, ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर


नेपालको साक्षरता दर ७६ प्रतिशत, ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर

नेपालगन्ज १० चैत्र : नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ ।

केन्द्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।

२०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै देशभरमा ४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ ले देशका कुल ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेको देखाएको छ ।

४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालयको पहुँच छैन । गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो ।

जम्मा परिवारमध्ये ९.८ प्रतिशत परिवारहरूले सार्वजनिक ढलमा जोडिएको फ्लस भएको, ५५.१ प्रतिशत परिवारहरूले सेप्टिक ट्याङ्कमा जोडिएको फ्लस भएको ३०.१ प्रतिशतले साधारण शौचालय र ०.५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन् ।

मधेस प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिएको छ भने लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ । शौचालय नभएका परिवारहरू बागमती र गण्डकी प्रदेशमा सबैभन्दा कम १ प्रतिशत रहेका छन् ।

थप समाचार

नेपालको जनसंख्या तीन करोड पुगेन