वनसँग सेलीब्रेटी : कमल गाँउलेको बेजोड प्रस्तुती


वनसँग सेलीब्रेटी : कमल गाँउलेको बेजोड प्रस्तुती

लमही (दाङ) ११ चैत्र : हाँस्य कलाकार कमल गाँउलेले दाङको लमही (देउखुरी) मा शुक्रबार आयोजित वनसँग सेलीब्रेटी कार्यक्रममा आफ्नो बेजोड प्रस्तुती दिएका छन् ।

डिभिजन वन कार्यालय दाङ (देउखुरी) र बास नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रम सेलीब्रेटीहरुको माध्यमबाट जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कलाकार गाउँलेले बेजोड प्रस्तुती प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनि प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरले वन बिना वातावरणको संरक्षण असम्भव भएको बताए । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख राजु क्षेत्रीले वन फडानी तथा डढेलो नियन्त्रण सम्बन्धी जनचेतना दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । वन भए पानी, पानी भए अन्न, अन्न भए मात्र सकिन्छ जीवन धान्न भन्दै प्रमुख क्षेत्रीले वन संरक्षणमा लाग्न सबैलाई अपील गरे ।

राष्ट्रिय तथा स्थानीय कालाकारको प्रस्तुती प्रस्तुत गरिएको कार्यक्रममा स्थानीय जिके ग्रुपबाट नृत्य प्रस्तुत गर्नुका साथै गन्दर्भ समाजबाट वन डढेलो नियन्त्रण तथा जडीबुढी प्रशोधन सम्बन्धी जनचेतना मुलक गितहरु प्रस्तुत गरिएको थियो ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

बिभिन्न सरकारी कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा वन तथा वाताबरण मन्त्रालयका सचिव उद्धव घिमिरे, वन निर्देशक जीबन पंगेनी, प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य, जिल्ला प्रहरी प्रमुख बिरबहादुर ओली, सशत्र प्रहरी बलका प्रमुख गोपाल श्रेष्ठ, सांसदद्व सरिता पुन र सिता चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

लोकप्रिय ब्यक्तित्व सेलीब्रेटीको माध्यमबाट वन संरक्षण बारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कलाकारहरुबाट बिभिन्न साँगितीक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा तीनसय बढी सहभागीहरु उपस्थित भएका थिए । डिभिजन वन कार्यालयका दाङका प्रमुख राजु क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम बास नेपालका कार्यक्रम सहायक अशोक रावलले सञ्चालन गरेका थिए ।