नेपालगन्ज ११ चैत्र : ठगि मुद्दामा पक्राउ पुर्जी जारी भइ पक्राउ नपरेका नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई धरौटीमा छुटेकाछन् । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भए पनि उनलाई प्रहरीले पक्राउ नगरको हो ।
पक्राउ पुर्जी पाएर पनि प्रहरीले उनलाई पक्राउ गरेन । यसबीच कमरुद्दिन विभिन्न औपचारिक कार्यक्रम, सेमिनार, गोष्ठिमा निर्धक्कका साथ सहभागि भए । बाँके प्रहरीले कमरुद्दिनलाई पक्राउ गरि हिरासतमा राखेर घटनामाथि अनुसन्धान गर्नु पर्ने भएपनि त्यसो गरेन । सामान्यतया पक्राउ पुर्जी जारीपछि आरोपितलाई पक्राउ गरि अनुसन्धान गर्नुपर्छ । तर, राजनीतिक पहुँच र दवावमा बाँके प्रहरीले कमरुद्दिनलाई पक्राउ नगरेको प्रहरीका एक उच्च अधिकृतले सेतोखरीलाई जानकारी दिए ।
पूर्व मन्त्रीसमेत रहेका सर्वदेव प्रसाद ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा दिएको मुद्दामा अदालतले कमरुद्दिनलाई पक्राउ आदेश दिएको हो । मनीषा एग्री कन्सर्न नेपालगन्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हालेका थिए ।
सार्वजनिक न्याय विरुद्धको कसुरमा पक्राउ पुर्जी जारी भएर पनि ‘फरार अभियुक्त’ सरह रहेका कमरुद्दिनलाई अदालतमा पेश गराइएकोछ । उपमेयर कमरुद्दिन बुधबार आफैँ जिल्ला प्रहरी कार्यालयमा हाजिर भए । उही दिन कमरुद्दिन घरआएर रात विताए । अनि बिहीबार प्रहरीले राईलाई लिएर अदालतमा पेश गरेको थियो । अदालतमा पेश भएका कमरुद्दिनलाई धरौटी लिएर छाड्ने अदालतले आदेश दिएकोछ ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले कमरुद्दिन राई आफै प्रहरीकहाँ आएर आत्समर्पण गरेको र त्यसको भोलिपल्ट आदलतमा पेश गरेको बताए ।
अदालत पेश भएकै दिनभर भएको बहसपछि जिल्ला अदालतका न्यायाधिश सनतचन्द्र लवटको इजलशाले कमरुद्दिनलाई एक लाख २० हजार धरौटि लिएर छाड्न आदेश दिएको थियो । आदेशपछि कमरुद्दिनराईले सोही दिन धरौटीबाफत एक लाख २० हजार नगद बुझाएर छुटेकाछन् ।
धरौटी रकम बुझाएर छुटेका कमरुद्दिनविरुद्ध दर्ता भएको मुद्दाको छिनोफानो भएको छैन । अदालतले गर्ने फैसलासंगै उनको उपमेयरको पद रहने नरहने तय हुनेछ ।
मनीषा एग्री कन्सर्न र भारतमा रहेको मनीषा एग्री बायो टेक कम्पनी प्रालि हैदराबाद बिच भएको सम्झौता अनुसार आयात हुने सामग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाएका कमरुद्दिन विरुद्ध ठगीको मुद्दा परेको हो । २०६२ सालदेखि २०६९ सालसम्म कमरुद्दिनले भन्सार एजेन्टको रूपमा काम गरेका थिए । ओझाले कमरुद्दिनले भन्सार एजेन्टका रूपमा काम गर्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको बताए ।
उनका अनुसार अनुसन्धानका क्रममा कमरुद्दिन राईको नागरिकता र अन्य कागजातमा बाबुको नाम फरक भएको पुष्टि भएको छ । नागरिकतामा बाबुको नाम गोवरे कवडिया छ भने भारतबाट पैठारी गर्ने मनीषा एग्री बायो टेक कम्पनी प्रालिको कागजातमा अकबर अलि उल्लेख छ । स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखमा कमरुद्दिन राई विजयी भएका थिए ।
थप समाचार
‘ठग’ कमरुद्दिनलाई बचाउन वडा नम्बर १५ को ‘किर्ते’ कागज
नेपालगन्ज उपमहानगरका उपप्रमुख विरुद्ध पक्राउ पुर्जी जारी, पक्राउ परेनन्
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक