नेपालगन्ज १२ चैत्र : नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अस्थिर राजनीतिलाई स्थिरता दिनका लागि काँग्रेस र एमाले मिलेर अघि बढ्नु पर्ने बताएका छन् ।
नेपालगन्जमा प्रेस चौतारी, बाँकेले आईतबार विहान आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि दुईठुला दल (काँग्रेस र एमाले) मिलेर अघि बढ्नु पर्ने बताएका हुन् ।
उनले काँग्रेस र एमालेका बीचमा मिलेर अघि बढ्ने बारेमा औपचारिक कुराकानी नभएपनि काँग्रेस र एमालेभित्र मिलेर जानुपर्छ भन्ने मत बाक्लो रहेको बताए ।
‘काँग्रेस र एमाले मिलेर अघि बढ्ने सन्दर्भमा औपचारिक रुपमा छलफल नभएको मात्रै हो । अनौपचारिक रुपमा यस विषयमा चर्को बहस भईरहेको छ । सत्तामा अहिले भईरहेको भागबण्डा हेर्ने हो भने पनि काँग्रेसले १० सिट बराबर एउटा मन्त्री पाएको छ, माओवादीले भने ५ सिट बराबर एउटा मन्त्री पाएको छ । यस्तो अवस्थामा कसरी राजनितिक सन्तुलन कायम हुन सक्छ ।’– नेता बस्नेतले भने ।
‘अघिल्लो पटक संसद विघटनको विषयमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको थियो । तर, मन्त्री परिषद र सत्ता समिकरण यस्तै भद्रगोल भईरहने हो भने उस्तै परे फेरिपनि संसद विघटन नहोला भन्न सकिन्न । तर, यसपटक शेरबहादुर देउवाले गर्ने सम्भावना बढी छ ।’
पोलिटब्यूरो सदस्य बस्नेतले अस्थिर चरित्रको नायक प्रचण्ड रहेको, च्याखे थापेर र दलाली गरेर लाभ लिइरहेको आरोप समेत लगाएका छन् । यसकारणपनि देशको परिस्थितीलाई मध्येनजर गर्दै राष्ट्रिय हितका लागि बस्नेतले काँग्रेस र एमाले मिल्न आवश्यक रहेको उनले दावि गरे ।
फरक प्रसँगमा कुरा गर्दै नेता बस्नेतले एमालेका युवा पुस्ताहरुसँगै अघिल्लो पुस्तालाई समेत प्रविधितर्फ उन्मुख बनाउनतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) लागि पर्ने बताएका छन् । अबको समय प्रविधिको युग भएकाले युवा पुस्तासँग ४० कटिसकेको अघिल्लो पुस्तालाई पनि प्रविधिसँग जोड्न आवश्यक महसुस गरिएको बताउदै अवका दिनमा पार्टीका सबै तह र तप्कालाई प्रविधिसँग परिचित बनाउदै लैजाने एमालेका पोलिटब्यूरो सदस्य बस्नेतले बताए ।
चैत्र २७–२९ गते नेपालगन्जमा हुने राष्ट्रिय युवा संघको नवौँ महाधिवेशनका सन्दर्भमा नेपालगन्ज आएका बस्नेतले कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रिय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्ने बताए ।
युवा विभाग इन्चार्जसमेत रहेका बस्नेतले सबै प्रदेशमा पदाधिकारी र केन्द्रिय सदस्य समेट्ने गरी नयाँ कार्य समिति बनाउने जानकारी दिए ।
नेता बस्नेतले दशकपछि हुन थालेको महाधिवेशनलाई नमूनायोग्य बनाउने बताउँदै उद्घाटनमा १० हजार बढी सहभागी हुने र बन्दशत्रमा दुई हजार सहभागी हुने जानकारी दिए । प्रेस चौतारी, बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति, युवा नेता रविन्द्र लम्साललगायतको उपस्थिति रहेको थियो ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक