चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा, लुम्बिनीमा निर्णय हुन बाँकी


चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा, लुम्बिनीमा निर्णय हुन बाँकी

नेपालगन्ज १३ चैत्र : चैते दशैं पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारले आगामी चैत्र १५ गते बुधबार चैते दशैं पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ ।

प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा सार्वजनिक विदा दिने नदिने सम्बन्धि कुनै निर्णय गरेको छैन । यद्यपी यसका विषयमा भने छलफल भएको प्रदेश सरकारको सचिवालयले जनाएकोछ ।