नेपालगन्ज १३ चैत्र : चैते दशैं पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले आगामी चैत्र १५ गते बुधबार चैते दशैं पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ ।
प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा सार्वजनिक विदा दिने नदिने सम्बन्धि कुनै निर्णय गरेको छैन । यद्यपी यसका विषयमा भने छलफल भएको प्रदेश सरकारको सचिवालयले जनाएकोछ ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक